सानिमा बैंकको नाफा ५१ प्रतिशतले वृद्धि, नाफाको आधार खुद व्याज आम्दानी

बिजमाण्डू
२०७१ कात्तिक १२ गते ००:०० | Oct 29, 2014
काठमाडौं। चालु अवको पहिलो त्रैमाशमा सानिमा बैंकको नाफा ५१.६९ प्रतिशतले वृद्धि भएको छ। बैंकको खुद व्याज आम्दानी नै मुख्य रुपमा नाफाको आधारको रुपमा देखिएको छ। बैंकको गत आवको यही अवधिमा नाफा आठ करोड ६३ लाख रुपैयाँ भएकोमा यसपटक भने १३ करोड नौं लाख रुपैयाँ पुगेको छ। 
बैंकको खुद व्याज आम्दानी ४६.२१ प्रतिशतले बढेको छ। बैंकको खुद व्याज आम्दानी २४ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बैंकको फि, कमिसनबाट भएको आम्दानी ४४.२८ प्रतिशत, बैदेशिक मुद्राको बिनिमयबाट भएको अम्दानी ५२.१६ प्रतिशत, अन्य आम्दानी ८७.२१ प्रतिशतले बढेको छ। 
 
बैंकको सञ्चालन मुनाफा पनि ५१.२१ प्रतिशतले बढेको छ। बैंकको यस्तो नाफा २० करोड ३२ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जाको हिस्सा कम भएको देखिन्छ। यसअघिको बर्षको त्रैमाशमा ०.०९ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ०.०५ प्रतिशतमा सिमित भएको छ। बैंकले खराब कर्जा वापतको हर्जाना रकम भने  करिब साढे तीन गुणा बढाएर दुई करोड ७९ लाखमा सिमित पारेको छ। बैंकले खराब कर्जाको तुलनामा २३२२ प्रतिशत जोखिम वापतको रकम व्यवस्था गरेको उल्लेख छ। 
 
बैंकले यसअघि सम्भावित जोखिमबापत राखेको करिब छ लाख रुपैयाँ फिर्ता ल्याएको छ। बैंकको प्रशासनिक खर्च २७ प्रतिशतले बढेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात ११.७२ प्रतिशत, पुँजी कोष लागत ५.२० प्रतिशत, औसत व्याजदर ७.८५ प्रतिशत खुद व्याज स्पे्रडदर ४.५७ प्रतिशत रहेको छ । बैंकको कर्जा र निक्षेप अनुपात ७७.६६ प्रतिशत रहेको छ। 
 
बैंकको प्रतिसेयर आम्दानी (बार्षिक) २०.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.३२ गुणा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ रहेको छ।  
 

Tata
GBIME
Nepal Life