गुगल अर्को फड्को मार्दै, क्यान्सर लागेका रक्तकेशिका पत्ता लगाउन सहयोगी उपकरण निर्माण गर्ने

बिजमाण्डू
२०७१ कात्तिक १२ गते ००:०० | Oct 29, 2014

सान फ्रान्सिस्को । क्यान्सर र मुटु रोगको प्रारम्भिक संकेत पत्ता लगाउन गुगलले मानव शरिर अन्वेषणका लागि उपकरण निर्माण गर्ने भएको छ ।
विशेष प्रोजेक्ट गुगल एक्स ल्याबका जीव बिज्ञानको समूहले रक्तप्रवाहमा हुने समस्या पत्ता लगाउन ‘नानोपार्टिकल्स’को परीक्षण गरिरहेका छन् ।

‘यो अनुसन्धान प्रारम्भिक चरणमा छ, हामीले निकै आशा लाग्दा केही परीक्षण गरेका छौं र यस्तो परिक्षण जारी छ’, मंगलवार सार्वजनिक गरेको प्रोजेक्ट सम्बन्धि गुगलको विवरणमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life

कल्पना गरिएको एप्लिकेशनले हृदयघात वा पक्षपात गराउनसक्ने अवस्थामा एन्जाइम छ वा छैन भन्ने परीक्षण गर्ने छ । यसबाहेक सर्जरी वा केमो थेरापीपछि रक्त कोषिकामा क्यानसरको अवस्था हेर्न पनि यी एप्लिकेशनको प्रगोग गर्न सकिने छ ।  

गुगलको अनुसार बिशेष प्रक्रियाबाट निर्माण गरिएका नानोपार्टिकल्स (जुन सुक्ष्म हुन्छन्) औषधी जसरी निल्न सकिन्छ र यो रगतमा घुलेर क्यान्सर लागेका रक्तकेशिकामा गएर टासिन्छन ।

यो क्रममा सम्बन्धित व्यक्तिले धारण गरेको उपकरण (वर्न डिमाइस) मा नानोपार्टिकल्समा रहने चुम्बकीय विशेषताले परस्पर संकेत पठाउँछ र रक्तकेशिकाको गणना गरिन्छ । शरीरलाई असर नगर्ने रेडियोधर्मी वा प्रकाशको माध्यमले त्यस्ता रक्तकेशीकाको गणना हुन्छ । अनुमती प्रदान गरिएका स्वास्थ्य परीक्षणको लागि कम्पनीहरुलाई गुगलले टेक्नोलोजीको लाइसेन्स दिन सक्ने पनि संकेत गरेको छ ।