खुम्बु क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य, लोन्ली प्लानेट भन्छ साहसिक यात्राका लागि उत्कृष्ट

बिजमाण्डू
२०७१ कात्तिक १२ गते ००:०० | Oct 29, 2014
खुम्बु क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य, लोन्ली प्लानेट भन्छ साहसिक यात्राका लागि उत्कृष्ट

काठमाडौं । लोन्ली प्लानेट नामक प्रख्यात ट्राभल बुकले सार्वजनिक गरेको सन् २०१५ मा घुम्नै पर्ने विश्वको उत्कृष्ट दश क्षेत्रमा नेपालको खुम्बु क्षेत्र पनि परेको छ । 

Tata
GBIME
Nepal Life

लोन्ली प्लानेटले सार्वजनिक गरेको विश्वका उत्कृष्ट १० गन्तव्यमा नेपालको खुम्बु क्षेत्र छैटौ नम्वरमा परको छ ।

अस्ट्रेलियामा केन्द्रीय कार्यालय भएको 'लोन्ली प्लानेट ट्राभल गाइड बुक' ले हरेक वर्ष घुम्नै पर्ने विश्वका शहर (सीटी), क्षेत्र (रिजोन) र देश (कण्ट्री)को टप–टेन सूची सार्वजनिक गर्छ ।

प्लानेटले विश्वको सर्वोच्च शिखर सगरमाथाको यात्रालाई तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको पाइला पछ्याउनेहरू आज पनि साहसिक यात्राका रूपमा लिने उल्लख गरेको छ । माओवादी जनयुद्धको समाप्तिसँगै यात्रुहरू सो क्षेत्रमा पुग्न दुर्गम पदमार्गको पुनः खोजी र प्रयोग गर्न साथै अधिक उचाइमा रहेका तीनवटा भन्ज्याङ वा मेरा पिकको सहासिक गत्नव्यको रुपमा यात्राको गर्न सकिने लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

प्लानेटले विश्वको उत्कृष्ट क्षेत्रको पहिलो नम्वरमा टर्कीको गालिपोली रहेको उल्लख गरेको छ । यसैगरी दोस्रो नम्वरमा अमेरिकाको रक्की माउन्टेन नेशनल पार्क परेको छ भने दशौँ नम्वरमा चीनको मकाउ क्षेत्र परेको छ ।

यसैगरी लोन्ली प्लानेटले सार्वजनिक गरेको २०१५ मा घुम्नै पर्ने १० देशमा सिंगापुर पहिलो स्थानमा परको छ भने उत्कृष्ट सहरहरुमा वासिङ्टन डिसी एक नम्वरमा परेको छ ।

यसले देश, सहर, होटल, ट्रेकिङ, र्‍याफ्टिङ, पर्वतारोहणलगायत विभिन्न विधामा उत्कृष्टको सूची प्रकाशन गर्छ। सन् २००७ मा बेलायती टेलिभिजन संस्था बिबिसीले लोन्ली प्लानेटको ७५
प्रतिशत सेयर खरिद गरेको थियो।

विश्वका १० उत्कृष्ट क्षेत्र

१. गालिपोली क्षेत्र : टर्की
२. रक्की माउण्टेन नेशनल पार्क : अमेरिका
३. टोलेडो : बेलिज
४. तास्मानिया : अष्ट्रेलिया
५. आर्कटिक नर्वे : नर्वे
६. खुम्बु : नेपाल
७. द कपर केन्यन : मेक्सिको
८. फ्लोरेस : इण्डोनेशिया
९. आटाकामा डेजर्ट : चिली
१०. मकाउ : चीन