कतार एयरवेजको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने सुविधा सुरु, बै‌कबाट भुक्तानी गर्न सकिने

बिजमाण्डू
२०७१ कात्तिक १२ गते ००:०० | Oct 29, 2014
कतार एयरवेजको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने सुविधा सुरु, बै‌कबाट भुक्तानी गर्न सकिने

काठमाडौं । कतारको राष्ट्रिय ध्वजाबहाक वायुसेवा कतार एयरवेजले नेपालबाट पनि अनलाइन टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ ।

कतार एयरवेजको नेपालस्थित कार्यालयले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि नेपालको जुनसुकै ठाउँबाट कतार एयरवेजको टिकट अनलाइन मार्फत बुकिङ गर्न सकिने जानकारी दियो ।

Tata
GBIME
Nepal Life

कतार एयरवेजका कन्ट्री म्यानेजर रामदास शिवरामले उपभोक्तालाई मुख्य कार्यालयसम्म धाउन नपरोस भनेर अनलाइन बुकिङ सेवा सुरु गरिएको बताए ।

उनले भने, 'अहिले उपभोक्ताहरु हाम्रो केन्द्रीय कार्यालय हात्तीसारमा नै आएर टिकट किन्न बाध्य छन् । तर अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था भएपछि उपभोक्तालाई सजिलो हुन्छ ।'

उनका अनुसार टिकट बुकिङको लागि www.qatarairways.com/np मा गएर बुकिङ गर्न सकिन्छ ।
तर अनलाइन टिकट बुकिङ गर्ने यात्रुको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा खाता हुनुपर्ने शिवरामले बताए । अनलाइनबाट टिकट बुकिङ गरेपछि भुक्तानी भने स्ट्यान्डर्ड चार्टर्ड बैंक मार्फत मात्रै गर्न सकिने छ । उनका अनुसार कतारले चाँडै नै अरु बैंकबाट पनि टिकटको रकम भुक्तानी गर्ने व्यवस्था मिलाइने तयारी भइरहेको बताए ।

उपभोक्ताले टिकट बुकिङ गरेको ४८ घण्टा भित्रमा रकम भुक्तानी गर्नुपर्ने छ । भुक्तानी क्रेडिट कार्ड वा चेक मार्फत गर्न सकिने छ । कम्पनीले अनलाइन बुकिङ चौविसै घण्टा र सातैदिन गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

यसैबीच कतारले अहिले दुइतर्फि टिकट किन्ने यात्रुहरु मध्येबाट लक्की ड्र मार्फत १० जनालाई  गुड्डी व्याग दिने जनाएको छ ।

पाँच तारे यो एयरवेजले एक सय ३८ वटा जहाज मार्फत विश्वका एक सय ४५ गन्तव्यमा उडान भरिरहेको छ । नेपालमा दैनिक तीन उडान गरिरहेको छ ।