पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत निरौला निलम्वित, थापालाई निमित्तको जिम्मेवारी

बिजमाण्डू
२०७१ कात्तिक १३ गते ००:०० | Oct 30, 2014
पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत निरौला निलम्वित, थापालाई निमित्तको जिम्मेवारी
कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्वन गरिएको छ । संसदको लेखा समितिले भ्रष्ट्राचार आरोपमा निलम्वन गर्न निर्देशन दिएपछि बिहिवार बसेको पर्यटन बोर्डको सञ्चालक समितिले निरौलालाई निलम्वन गर्ने निर्णय गरेको हो ।
 
पर्यटन सचिव तथा बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठले निरौलालाई निर्देशक समेत नरहने गरि कामु सिइओबाट निलम्बन गरिएको जानकारी दिए । सचिव श्रेष्ठका अनुसार सार्वजनिक लेखा समितिले गरेको सिफारिश बमोजिम निराैलार्इ निलम्वन गर्ने निर्णय गरिएको हो ।
कामु सिइओ सुवास निरौलालाई तत्काल निलम्वन गर्न समितिले निर्देशन दिए पनि कानुनी प्रक्रिया पुरा गरि  निलम्वन गर्न केही ढिलाइ भएको बताए । प्रक्रियाअनुसार कात्तिक ११ गतेको मन्त्रीस्तरीय बैठकले  निरौलालाई बोर्डको ऐन २०५३ र नियामावली २०५५ अनुसार जाँचबुझ समिति बनाएर निलम्बन गरेको जानकारी श्रेष्ठले दिए ।
यसैगरी नयाँ सिइओ नियुक्ति नियमसंगत हिसावले बोर्डको नियम संशोधन गरेर अत्यन्त उच्च इमान्दार, बफादार, विश्वसनीय र राम्रो व्यक्तिलाई तत्काल नियुक्ति गरिने पनि सचिव श्रेष्ठले बताए।
जाँचबुझ समितिमा बोर्डका सदस्य रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा मन्त्रालयका कानुन हेर्ने सहसचिव साधुराम देवकोटा र पर्यटन प्रवर्द्धन हेर्ने जनशक्ति सहसचिव सदस्य रहने व्यवस्था गरिएको छ ।
बोर्डको कार्यकारी समितिको पदेन बोर्ड सदस्य रहेका अध्यागमन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकाल कार्यकारी समितिको सदस्यसचिव भएर काम गर्ने उनले बताए ।
निरौलालाई निलम्वन गर्न पर्यटन बोर्ड सञ्चालक समितिको बैठक बिहिवार बिहान पर्यटन मन्त्रालयमा बसेको थियो । सञ्चालक समितिले पर्यटन बोर्डमा नन्दिनी लाहे थापालाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । 

करोडौँ रकम अनियमितता गर्नमा प्रत्यक्ष संलग्न देखिएको भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निरौलालाई कात्तिक ९ गते देखि लागु हुने गरि निलम्बन गर्न निर्देशन दिएको थियो। समितिका सभापति जनार्दन शर्रमाले निलम्वन गर्न मन्त्रालयलाई निर्रदेशन दिएका थिए । समितिले निर्देशन दिए पनि पर्यटन मन्त्रालयले भने निलम्वनमा ढिलार्इ गर्दै अाएको थियो । बिहिवार पर्यटन मन्त्रालयमै बोर्ड बैठक डाकेर निलम्वन गर्ने निर्णय गरिएको हो । निराैलाले भने लेखा समितिले अाफ्नाे काम गर्ने र अाफूले अाफ्नो काम गर्ने भन्दै समितिलार्इ नै सार्वजनिक चुनाैती दि‌दै अाएका थिए ।

Tata
GBIME
Nepal Life