फोटोपत्रकारका लागि के जुम मोवाइलमा छुट, २० मेगापिक्सेलको क्यामरा ४२ हजारमा उपलब्ध

बिजमाण्डू
२०७१ कात्तिक १३ गते ००:०० | Oct 30, 2014
फोटोपत्रकारका लागि के जुम मोवाइलमा छुट, २० मेगापिक्सेलको क्यामरा ४२ हजारमा उपलब्ध

काठमाडौं । इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस)ले २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन नेपाली संचारकर्मीलाई छुट सुविधामा उपलब्ध गराउने भएको छ ।

फोटोजर्नालिस्ट क्लबको सिफारिसमा यो स्मार्टफोन खरिदमा नौ हजार नौ सय रुपैयाँ छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । मोवाइल खरिदका लागि ग्लोबल आइएमई बैंकले इएमआई सुविधा दिनेछ ।
५२ हजार रुपैयाँ मूल्य रहेको यो स्मार्टफोनमा २० मेगापिक्सलको क्यामेरा र १० एक्स जुम छ । क्यामेराका सौखिन तथा स्मार्टफोनको पारखी पत्रकारका लागि एउटै सेटमा दुई सुविधा उपलब्ध हुने कम्पनीले बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्मार्टफोनको साथमा पाँच हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । केहि रकम बुझाएपछि किस्तामा किन्न सकिने यो स्मार्टफोन सिमित रहेकोले आइएमएसले यसबाट लाभान्बित हुन आग्रह गरेको छ ।
फोटोजर्नालिस्ट क्लबले सिफारिस गरेको संचारकर्मीहरुलाई ग्लोबल आइएमई बैंकले उसको फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआई गर्ने र सकेसम्म छिटो बिधिबाट ऋण प्रबाह गर्ने ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले जानकारी दिए ।
आइएमएसका अध्यक्ष दिपक मलहोत्राले यो छुट योजनाका लागि सिमित स्मार्टफोन मात्र रहेका बताए । सित्तैमा उपलब्ध गराएको केजुमको कभर प्रयोगपछि स्मार्टफोन खस्दा पनि नफुट्ने आइएमएसले जनाएको छ । आइएमसले नेपाली बजारमा २२ सय ग्यालेक्सी केजुमको बिक्री गरिसकेको अध्यक्ष मलहोत्राले जानकारी दिए ।

Tata
GBIME
Nepal Life