स्मार्टफोन बजारमा चीनको शाअाेमी विश्वकै तेस्रो ठूलो ब्राण्ड, सामसुङ बजार खस्कियो, एप्पल स्थिर

बिजमाण्डू
२०७१ कात्तिक १४ गते ००:०० | Oct 31, 2014
स्मार्टफोन बजारमा चीनको शाअाेमी विश्वकै तेस्रो ठूलो ब्राण्ड, सामसुङ बजार खस्कियो, एप्पल स्थिर


नयाँदिल्ली । चीनको शाअोमी कम्पनी स्मार्टफोन उत्पादनमा विश्‍वकै तेस्रो स्थानमा उक्लिएको छ। उत्पादन बजारमा ल्याएको तीन वर्षमा नै कम्पनीले यो स्थान ओगटेको हो। स्मार्टफोन बजारमा सामसुङ र एप्पल पछिको स्थान अहिले शाओमीले ओगटेको छ।

गएको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा शाअोमीले विश्वभर खपत भएका ३२ करोड २० लाख स्मार्टफोन मध्ये छ प्रतिशत निर्यात गरेको थियो। यो अवधिमा एप्पलले १२ प्रतिशत र सामसुङले २५ प्रतशित स्मार्टफोनको ब्यापार गरेको एक प्रतिवेदनमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

सामसुङले वर्षको सुरुमा ३५ प्रतिशत बजार हिस्सा ओगटे पनि बढ्दो प्रतिस्पर्धाले कम्पनीको बजार हिस्सा कम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  'शाअोमीले राम्रो पर्फर्मेन्स देखाएको छ,' स्ट्राटेजिक एनालिटिक्सका कार्यकारी निर्देश नेइल मावस्टनले भनेका छन्, 'सामसुङले निरन्तर कडा प्रतिस्पर्धा झेल्दा मझौला खालको सामान उत्पादक शाअोमीले त्यसको स्थान लिन सफल भयो।'

शाअोमीले चीन तथा भारतमा राम्रो बजार लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। इकमर्स साइट फ्लिपकार्टबाट पनि जियोमीको ब्यापार उच्च भएको दावी प्रतिवेदनमा छ। कम्नपीका उपाध्यक्ष हुगो बाराले कम्पनीले भारतमा मात्रै अक्टोबरको पहिलो हप्ता एकलाख फोन बेचेको दावी गरेका छन्।