सातामा सेयर बजार लगभग स्थिर, बीमाले लियो अग्रता, कारोबार रकम एक अर्ब रुपैयाँ मुनी

बिजमाण्डू
२०७१ कात्तिक १४ गते ००:०० | Oct 31, 2014
सातामा सेयर बजार लगभग स्थिर, बीमाले लियो अग्रता, कारोबार रकम एक अर्ब रुपैयाँ मुनी

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजार परिसूचकले निश्चित दिशा लिन सकेको छैन। कम्पनीहरुको लाभांश घोषणा गर्ने क्रम चलिरहेपनि बजार ठोस गतिमा अघि बढ्न सकेको छैन। यस साता नेप्से आठ अंकको रेञ्जमा तलमाथी गरिरह्यो। गत साताको विहीवार ९२८.९९ मा रहेको नेप्से परिसूचक यस साता ९३०.२१ बिन्दुमा आइपुगेको छ। यसबीच नेप्से ९३५ बिन्दुसम्म आइपुगेको थियो। 

हरेक साता एक अर्ब रुपैयाँ माथीको कारोबार भइरहेको सेयर बजारमा यस साता भने ९९ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ। सोल्टि होटेलको सेयरमा सबैभन्द धेरै रकम लगनी भएको छ। होटेलको छ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भयो। लाभांशको लागि स्ट्याण्र्डर्ड चार्टर्ड र एनआएसी एसियमा पनि लगानी बढ्यो। यी बैंकको क्रमशः छ करोड २२ लाख रुपैयाँ र चार करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भयो। 
 
कारोबार भएको सेयर संख्या (एक लाख ६८ हजार कित्ता) को आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड फन्ड अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (१५४६ वटा) को आधारमा रिडी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । 
 
यस साता बीमा, बिकास बैंक, वित्त कम्पनी, ‘अन्य’ र उत्पादनमुलक समूहको परिसूचक भने बढेको छ। बीमा समूहमा सबैभन्दा धेरै ११९ अंकले वृद्धि भयो।