सिद्धार्थ लगानी वृद्धि १ को प्रतिइकाइ खुद सम्पत्ती मूल्यमा झिनो सुधार,कागजी नोक्सान बाँकी

बिजमाण्डू
२०७१ कात्तिक १४ गते ००:०० | Oct 31, 2014
काठमाडौं। सिद्धार्थ लगानी वृद्धि योजना १ को प्रतिइकाइ खुद सम्पत्ती मूल्य गत महिनाको तुलनामा केही बढेको छ। गत महिना यस्तो मूल्य १७.३४ रहेकोमा असोज महिनामा यो मूल्य १७.३८ रुपैयाँ रहेको छ। फण्डको खुद सम्पत्ती ०.१९ प्रतिशतले बढेपछि प्रतिइकाइ खुद सम्पत्तीको मूल्य पनि सुधार भएको हो।

Tata
GBIME
Nepal Life

फण्डमा प्रतिइकाइ १० रुपैयाँ लगानी गरेकाको हाल प्रतितिइकाइ खुद सम्पत्तीको मूल्यको आधारमा ७३.८ प्रतिशत बढि मूल्य पाएका छन। दोस्रो बजारमा पनि फण्डको प्रतिइकाइ १७ रुपैयाँमा कारोबार भइरहेको छ। फण्डले यसबर्ष १५ प्रतिशत नगद लाभांश दिएके थियो। 
 

फण्डको गत महिना ८६ करोड ७३ लाख रुपैयाँ बराबरको खुद सम्पत्ती रहेकोमा असोजमा ८६ करोड ९० लाखमा सिमित भएको छ। फण्डको कागजी नोक्सान १२ करोड ७५ लाखबाट घटेर १२ करोड ५८ लाख रुपैयाँ भएको छ। यही कारण फण्डको जम्मा आम्दानी पनि १० करोड ८० लाखले ऋणात्मक रहेकोमा घटेर १० करोड ४५ लाख रुपैयाँले ऋणात्मक भएको छ। 
 
फण्डले दुई करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ। बैंकले सूचीकृत भएको सेयरमा लगानी असोज अन्तिमको मूल्यको आधारमा ८४ करोड ३५ लाख रुपैयाँ रहेको छ। फण्डले ५५ कम्पनीको सेयरमा लगानी गरेको छ। त्यस्तै, फण्डले सूचीकृत नभएको सेयर, हकप्रद र बोनस गेरर दुई करोड ५७ लाख रुपैयाँ र अन्य धितोपत्रमा १५ हजार छ सय रुपैयाँ लगानी गरेको छ। फण्डले एक करोड ३४ लाख बैंक मौज्दात राखेको छ भने अन्य सम्पत्ती नौं लाख २२ हजार छ। 
 
सिद्धार्थ क्यापिटलले नै व्यवस्थापन गरिरहेको सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमको प्रति इकाइ खुद सम्पत्तीको मूल्य ९.६३ रुपैयाँबाट बढेर ९.६८ रुपैयाँ पुगेको छ। यस फण्डको निष्कासनको क्रममा लगानीकर्ताले प्रतिइकाइको १० रुपैयाँ मूल्य तिरेका हुन। दोस्रो बजारमा फण्डको प्रतिइकाइको मूल्य ११ रुपैयाँ रहेको छ। 
 
फण्डको गत महिना ९६ करोड ३९ लाख रुपैयाँ बराबरको खुद सम्पत्ती रहेकोमा असोजमा ९६ करोड ८० लाखमा सिमित भएको छ। फण्डको कागजी नोक्सान दुई करोड ५५ लाखबाट घटेर दुई करोड रुपैयाँ भएको छ। यही कारण फण्डको जम्मा आम्दानी पनि दुई करोड ५३ लाखले ऋणात्मक रहेकोमा घटेर एक करोड ९४ लाख रुपैयाँले ऋणात्मक भएको छ। 
 
फण्डले छ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ। बैंकले सूचीकृत भएको सेयरमा लगानी असोज अन्तिमको मूल्यको आधारमा ४० करोड १९ लाख रुपैयाँ रहेको छ। फण्डले ४१ कम्पनीको सेयरमा लगानी गरेको छ। त्यस्तै, फण्डले मुद्दती निक्षेपमा पाँच करोड, सूचीकृत ऋणपत्रमा एक करोड ५० लाख, सूचीकृत नभएको सेयर, हकप्रद र बोनस गेरर ९९ लाख९५ हजार रुपैयाँ लगानी गरेको छ। 
 
फण्डले ५० करोड ६९ लाख बैंक मौज्दात राखेको छ भने अन्य सम्पत्ती दुई करोड ३० लाख रुपैयाँ छ।