प्रभुको डबल बहार योजनामा बम्पर पुरस्कार कल्‍पना शाहीलाई, ४२ इन्चको एलइडी टिभी र डिसहोम पाउने

बिजमाण्डू
२०७१ कात्तिक १४ गते ००:०० | Oct 31, 2014
प्रभुको डबल बहार योजनामा  बम्पर पुरस्कार कल्‍पना शाहीलाई, ४२ इन्चको एलइडी टिभी र डिसहोम पाउने

काठमाडौं । प्रभु मनी ट्रान्सफरले दशैं तिहारको अवसरमा ल्याएको प्रभु डबल बहार योजना अन्तर्गत बम्पर उपहार कालीकोटकी कल्पनाकुमारी शाहीले जितेकी छन्। ४६ दिनसम्म चलेको योजना अन्तर्गत रकम पठाउने र पाउने मध्येबाट गरिएको लक्की ड्रमार्फत शाहीले ४२ इन्च एलइडी टिभि र डिसहोम शाहीले जितेकी हुन्।

Tata
GBIME
Nepal Life

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले लक्की ड्रमार्फत यो योजनाको बिजेता छानेका हुन्। कालीकोटकी शाहीलाई प्रभु मनि ट्रान्सफरमार्फत उनका दाजुले कालीकोटबाट पैसा पठाएका थिए। कल्पनाले २६ सेप्टेम्बरका दिन काठमाडौंको महामञ्जुश्री सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमार्फत पैसा लिएकी थिइन्।

प्रभुले १४ सेप्टेम्बरमा सुरु गरेको यो योजना २९ अक्टोबरमा सकिएको थियो। योजना अन्तर्गत कम्पनीले दैनिक पुरस्कारमा ४६ वटा लेमन मोवाइल, ४६ वटा नै १ वर्षको दुर्घटना बिमा योजना ग्राहकलाई बाँडिसकेको छ। यस्तै साप्ताहिक पुरस्कार अन्तर्गत लेमनकै अर्को मोवाइल १२ जनालाई प्रदान गरिएको प्रभु मनि ट्रान्सफरले जनाएको छ।

कम्पनीले विदेशबाट रकम पठाउनेलाई पनि उपहार प्रदान गरेको छ। विदेशबाट रकम पठाउने मध्येबाट हरेक हप्ता १ जनालाई एकतर्फी हवाइ टिकट प्रदान गरेको जनाएको छ।

योजना अवधिभरमा दुई लाख ५० हजार नौसय २० कारोबार भएको कम्पनीले जनाएको छ।

प्रभु मनि ट्रान्सफरले साउदी अरेबिया, दुबई, मलेशिया तथा अमेरिकालगायतका देशबाट प्रत्यक्ष रुपमा तथा विश्वा अरु विभिन्न देशबाट स्थानीय एजेण्ट तथा अन्य रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।