बोर्डले गर्यो बाग्लुङमा सक्षरता कार्यक्रम,सेयर बिक्रीमा समस्या भएको लगानीकर्ताको गुनासो

बिजमाण्डू
२०७१ कात्तिक १४ गते ००:०० | Oct 31, 2014
काठमाडौं। नेपाल धितोपत्र बोर्डले अधिराज्य व्यापी लगानीकर्ता साक्षरता कार्यक्रम अन्र्तगत शुक्रवार बाग्लुङमा कार्यक्रमको अयोजना गरेको छ। प्राथमिक निष्कासन (आइपीओ) मा लगानी गरेका त्यहाका स्थानियहरुले दोस्रो बजारमा भने सेयर बिक्री गर्न नपाएको गुनासो गरेका छन। हाल दोस्रो बजारमा सेयर किनबेच गर्न बाग्लुङका बासिन्दाले पोखरासम्म धाउनु पर्ने अवस्था छ। 
बाग्लुङ सदरमुकाममा रहेको  कालिका उच्च माध्यमिक विद्यालय तथा कलेजमा सम्पन्न भएको साक्षरता कार्यक्रममा करिब ९० जनाको उपस्थिती रहेको धितोपत्र बोर्डले बताएको छ। लगानीकर्ताहरुले सीडीएस एण्ड क्लियरिङ लिमिटेड चाडो पुर्ण सञ्चालनमा ल्याउनु पर्ने धारणा राखेका छन। 
 
कार्यक्रममा बोर्डका अधिकृत अम्बिका गिरीले धितोपत्रको आधारभुत पक्ष र धितोपत्र निष्कासन तथा सुपरिवेक्षण बिषयक कार्यपत्र प्रस्तुत गरे । बोर्डका अर्का अधिकृत निरञ्जय घिमिरेले धितोपत्र व्यवसायी नियमन व्यवस्था बिषयक कार्यपत्र प्रस्तुत गरे।  
 

Tata
GBIME
Nepal Life