चुनावपछि मुलुकमा लगानीको वातावरण बनिरहेको छ: नेपाल,लगानीकर्ताको विश्वास बढेको दावी

बिजमाण्डू
२०७१ कात्तिक १४ गते ००:०० | Oct 31, 2014
चुनावपछि मुलुकमा लगानीको वातावरण बनिरहेको छ: नेपाल,लगानीकर्ताको विश्वास बढेको दावी


काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले दोस्रो संविधानसभाको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनिरहेको बताएका छन् ।

Tata
GBIME
Nepal Life

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र अमेरिकी दूतावासको सहकार्यमा बागलुङमा सुरु भएको आर्थिक पत्रकारिता सम्बन्धि तालिममा नेपालले अहिलेको सरकारप्रति लगानीकर्ताको विश्वास बढेकोले लगानी समेत बढेको बताए । 

 

पत्रकारितामा विधामा आर्थिक पत्रकारिताले छुटै पहिचान बनाएको भन्दै पत्रकारिताको माध्यमबाट मुलुकको विकासमा सहयोगी भूमिका खेल्नुपर्ने बताए । नेपालले स्थानीयस्तरमा लगानीको अवसर प्रशस्त रहेको भन्दै नेपालले स्थानीयस्तरको अवसर हेरेर लगानी गर्न आह्वान गरे । 
 
कार्यक्रममा अमेरिकी दूतावासकी सूचना अधिकृत इनेका स्टोनह्यामले नेपालमा संविधान बन्ने चरणमा रहेको भन्दै आर्थिक विकासलाई पनि सँगै अघि बढाउनुपर्ने बताइन् । 
 
यस्तै सेजनका अध्यक्ष विज्ञान अधिकारीले आर्थिक पत्रकारिता तालिम विभिन्न जिल्लामा भइरहेको र तालिममार्फत आर्थिक एजेन्डालाई अघि बढाउन सहयोग पुगेको बताए ।