सिद्धार्थ बैंकले जारी गर्न लागेको ५०करोड रुपैयाँको ऋणपत्रले पायो एलबीबीबी रेटिङ, संकेत मध्यम

बिजमाण्डू
२०७१ कात्तिक १४ गते ००:०० | Oct 31, 2014
काठमाडौं। सिद्धार्थ बैंकले जारी गर्न लागेको ५० करोड रुपैयाँको ऋणपत्रले एलबीबीबी रेटिङ संकेत पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रदान गरेको यो रेटिङले ऋणपत्र सुरक्षित लगानीको माध्यम भएको र यसको जोखिम मध्यम किसिमको रहेको उल्लेख छ। सिद्धार्थ बैंकले भने बीबीबी रेटिङ पाएको छ।
बैंकिङ क्षेत्रमा स्थान राम्रो हुनु, बैंकमा बरिष्ठ व्यवस्थापकहरु रहनु, पुँजीकोष पर्याप्त  ( अनुपात ११.३९ प्रतिशत) हुनु, कुल औंसत सम्पतीको तुलनामा बैंकको नाफा १.८९ हुनुलाई सकारात्मक पक्षको रुपमा लिएको छ।

Tata
GBIME
Nepal Life

तर बैंकको केही बर्षयता खराब कर्जा बढेको २.७५ रहनु, रियल इस्टेटमा लगानी बढ्दै जानु, बचत तथा चल्ति खाताम समग्र क्षेत्रको भन्दा कम अर्थात् बैंकसंग भएको कुल निक्षेपमा ३४ प्रतिशत यस्तो खाताको रकम हुनु यसको जोखम बढाउने तत्व भएको टिप्पणी गरेको छ। हाल बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमती मागिसकेको देखिदैन।