माछापुच्छ्रे बैंकको सेकेन्ड म्यानमा सुमन शर्मा नियुक्त, लगानी क्षेत्रमा अब्बल, १७ बर्षे अनुभव

बिजमाण्डू
२०७१ कात्तिक २५ गते ००:०० | Nov 11, 2014
माछापुच्छ्रे बैंकको सेकेन्ड म्यानमा सुमन शर्मा नियुक्त, लगानी क्षेत्रमा अब्बल, १७ बर्षे अनुभव
काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्नो डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा डेपुटी महाप्रबन्धकमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंकले माथिल्लो व्यवस्थापनको दोस्रो दर्जा (सेकेन्ड म्यान) का रुपमा शर्मालाई नियुक्त गरेको हो।
 
शर्माले मंसिर ८ गतेबाट माछापुच्छ्रेमा आफ्नो कार्यभार सम्हाल्ने छन्। उनी एनएमबी बैंकको सहायक महाप्रबन्धक थिए। माछापुच्छ्रे बैंकबाट विजयवहादुर श्रेष्ठले छाडेर एनडिइपी डेभलपमेन्ट बैंकमा गएपछि शर्मालाई नियुक्त गरिएको हो।
 
शर्माले बैंकिङ क्षेत्रमा १७ बर्ष विताइसकेका छन्। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका हुन्।

Tata
GBIME
Nepal Life

विराटनगरका शर्मा सन् २००४ मा एमबिए गर्न वाहिरिएका थिए। त्यसको अर्को बर्ष २००५ बाट उनले सहायक प्रबन्धकका रुपमा एनएमबी बैंकबाट काम सुरु गरेका थिए। 
 

एनएमबी बैंकमा आठ बर्ष ११ महिना काम गरेपछि उनी माछापुच्छ्रे बैंक छिर्न लागेका हुन्। शर्मा जोखिम तथा कर्जा लगानीका क्षेत्रमा अब्बल मानिन्छन्।