हुन्डाईको नयाँ इओन बजारमा, एक हजार सिसि क्षमतामा कप्पा इन्जिन, २० किलोमिटर माइलेज

बिजमाण्डू
२०७१ कात्तिक ३० गते ००:०० | Nov 16, 2014
हुन्डाईको नयाँ इओन बजारमा, एक हजार सिसि क्षमतामा कप्पा इन्जिन, २० किलोमिटर माइलेज


काठमाडौं । नेपालस्थित हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई इओनको नयाँ संस्करण नेपाल भित्र्याएको छ । नयाँ इओन १००० सिसिमा उपलब्ध छ  । अघिल्लो संस्करण ८०० सिसिमा उपलब्ध छ ।
नयाँ इओन कप्पा इन्जिनसहित उपलब्ध हुने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । कम्पनीले अहिलेको इओन ८०० सिसिसँगै नयाँ भर्सन पनि बजारमा उपलब्ध हुने जानकारी दिएको हो ।
इओनको नयाँ श्रृखला म्याग्ना प्लसमा मात्र उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ । नयाँ इओनले प्रतिलिटर २०.३ किलोमिटरको माइलेज दिनेछ ।
स्टाइलिस रुप र सानो आकारको हुन्डाइ इओनले नेपाली बजारमा मारुतीको अल्टो र अल्टो ८०० सँग प्रतिश्पर्धा गर्नेछ ।
शक्तिशाली इन्जिनसहित स्टाइलिस रुप र सानो आकारको हुन्डाइ इओनबाट  सानो गाडिको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले, पहिलेदेखि नै उत्कृष्ट स्टाइल, गाडीको प्रदर्शन, डिजाइन र फिटनेस भएको हुन्डाइ  इओनलाई  ग्राहकले सधै स्वीकारेको  र सह्राएको बताए । उनले इओनको नयाँ भर्सन पनि नेपाली उपभोक्ताले मन पराउने विश्वास पनि व्यक्त गरे ।

Tata
GBIME
Nepal Life