सुनको मूल्य एक सयले घट्यो, तोलाको ५० हजार नौ सय,सोमवार अन्तर दिनको कारोबारमा मूल्य बढ्दै

बिजमाण्डू
२०७१ मंसिर १ गते ००:०० | Nov 17, 2014
सुनको मूल्य एक सयले घट्यो, तोलाको ५० हजार नौ सय,सोमवार अन्तर दिनको कारोबारमा मूल्य बढ्दै


काठमाडौं। सुनको मूल्य सोमवार एक सय रुपैयाँले घटेको छ। अघिल्लो दिन एक हजार दुई सय रुपैयाँले बढेको सुनको मूल्य सोमवार भने घटेको हो। सोमवार तोलाको ५० हजार नौं सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ। 
 
शुक्रवार अन्तिम कारोबारमा ११९३ डलरमा प्रतिऔंस सुनको कारोबार भइरहेकोमा सोमवार भने ११८९ डलरमा सुनको किनबेच भइरहेको छ। अन्तरदिनको कारोबारमा सुनको मूल्यमा सुधार देखिदै गएको छ। आइतवार अन्तराष्ट्रिय बजार बन्द हुने भएकोले नेपालमा आइतवार सुनको मूल्य तोक्दा शुक्रवारको अन्तिम मूल्यलाई आधार मानिन्छ। 
 
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले शुक्रवार दुई साताकै उच्च बिन्दु भेटेको थियो। कात्तिक १४ (अक्टुवर ३१) यताकै यो उच्च मूल्य भएको ब्लुमबर्गले उल्लेख गरेको छ। सोमवार चाँदीको मूल्य भने स्थिर रह्यो। चाँदी प्रतितोला सात सय रुपैयाँमा कारोबार भइरहेको छ। 
 

Tata
GBIME
Nepal Life