दुई दिनमा बजार ३३ अंकले घट्यो, सोमबार मात्रै १८ अंकले गिरावट, कारोबार रकम घट्यो

बिजमाण्डू
२०७१ मंसिर १ गते ००:०० | Nov 17, 2014
दुई दिनमा बजार ३३ अंकले घट्यो, सोमबार मात्रै १८ अंकले गिरावट, कारोबार रकम घट्यो
काठमाडौं। सेयर बजार दुई दिनमा ३३ अंकले घटिसकेको छ। सोमबार मात्र बजार १८ अंकले घटेको छ। तर बजार घट्नु पर्ने खासै कारण नरहेको सरोकारवालाहरुले बताएका छन। अहिले पहिलो त्रैमाशको वित्तीय विवरण प्रकासित गरेका कम्पनीहरुले राम्रो पफर्मेन्स गरेको देखिन्छ। सञ्चिती नोक्सानमा रहेका कम्पनीको पनि यस्तो नोक्सान घटेको देखिन्छ, सेयर विश्लेषक अमृतनाथ रेग्मीले भने। 

Tata
GBIME
Nepal Life
अहिलेको मुख्य समस्या भनेकै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई खाता खोल्ने र डिम्याट कारोबार गर्ने बारेमा स्पष्ट रुपमा बुझाउँन नसकेकोले हो, रेग्मीले भने। उनले चुक्तापूँजी वृद्धि गरिसकेका बैंक तथा वित्तीय संस्थाले नगद लाभांशमा जोड दिनु, राजनीतिमा अस्थिरता देखिनुले पनि बजार घटेको बताए। 
 
प्रिमो सेक्युरिटिजका प्रमूख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायले भने केही लगानीकर्ताहरु अहिले लघुविद्युत् क्षेत्रमा आकर्षित भएकोले पनि बजारमा थप लगानी भित्रिन नसकेको बताउँछन। ‘ अहिले काठमाडौंमा २०, २५ लाख हुनेहरु पश्चिम तिर एक दुई मेगावाट जलविद्युत्मा लगानी गरिरहेका छन्, ’ उपाध्यायले भने। 
 
बजार घट्नुमा सीडीएससी सञ्चालन प्रक्रियाबारे बढेको अन्यौल र राजनीतिक अस्थिरतालाई नै लगानीकर्ताहरुले मुख्य कारणको रुपमा लिएको उपाध्याायको पनि तर्क छ। तर बजार घटेको समयमा प्रवेश गर्नु उत्तम हुने भन्दै लगानीकर्ताहरुलाई यो समय बजार भित्रिन उनीहरुले सुझाव दिएका छन। 
 
सबै उपसुचकहरु झरेका छन्। सबैभन्दा वढी जलविद्युत् ७८.५२ अंक, बिमा ५१.२३ अंकले घटेको छ। यसैगरी बैंकिङ सुचक १९.०६ अंकले घटेको छ भने होटल, विकास बैंक उत्पादनमूलक तथाअन्य सुचक १० अंक माथिले घटेको छ। कम घट्ने फाइनान्स सुचक मात्र छ।

बीटी लोन जारी हुन ठप्प जस्तै रहेकोले पनि बजारमा लगानी बढ्न सकेको छैन। बजार घटेको मौकमा लगानीकर्ताहरुले बैंकहरुको सेयर भने उठाइरहेका छन। यस दिन सबैभन्दा धेरै रकमको कारोबार हुने १० मा सात कम्पनी वाणिज्य बैंक रहे। 

चिलिमे जलविद्युत्काे सबैभन्दा धेरै दुई करोड २७ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश, नेपाल बैंक, सिभिल, नबिल, एनआइसी एसीया, बिराट लक्ष्मी बिकास , नेशनल हाइड्रोपावर, एनसीसी बैंकको सबैभन्दा धेरे रकमको कारोबार भएको हो। 
 

क वर्गमा सुचिकृत कम्पनीहरुको सुचक पनि चार अंकले घटेको छ। बजारमा १९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। १२९ वटा कम्पनीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।