मेरिना इम्पेक्सले ल्यायो विशेष योजना, भाग्यशाली १० विवाहित जोडीले पोखरा घुम्न पाउने

बिजमाण्डू
२०७१ मंसिर १ गते ००:०० | Nov 17, 2014
काठमाडौं । मेरिना इम्पेक्सले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विशेष आकर्षक योजना बजारमा ल्याएको छ। मंसिर एक गतेदेखि फागुन ३० गतेसम्म लागुहुने गरि योजना ल्याइएको इम्पेक्सले जनाएको छ ।

Tata
GBIME
Nepal Life

'मेरिना मोमेन्ट्स' विशेष योजनामा इम्पेक्सबाट सुट किने बापत प्रत्येक ग्राहकले एउटा भाग्यशाली कुपन प्राप्त गर्नेछन् । कुपनहरुमध्येबाट लक्की ड्र गरेर आगामी चैत पहिलो साता १० जना विवाहित जोडीलाई उपहार प्रदान गरिने इम्पेक्सका प्रबन्ध निर्देशक मेहनमान जोशीले बताएका छन् । उनले १० भाग्यमानी विवाहित जोडीले पोखरामा दुई रात तीन दिनको हनिमुन टुर प्याकेज पाउने बताए ।

सो लक्की ड्र को घोषणा नेपाली टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिने इम्पेक्सले जनाएको छ ।

इम्पेक्स सन् १९८३ मा स्थापना भएको हो । विगत ३१ वर्षदेखि सर्टिङ एन्ड सुटिङ सेवा प्रदान गर्दै आइरहेको इम्पेक्सले सुरुवातमा न्युरोड सोरुमबाट आफ्नो कामको थालनी गरेको हो।

नेपालमा सर्टिङ एन्ड सुटिङलाई व्यवस्थित बनाउन तथा ब्रान्डिङ्ग न्यूरोड, पाटनको गावाहाल हुँदै बागबजारसम्म मेरिना इम्पेक्सले आफ्नो सोरुम विस्तार गरि सकेको छ।

मेरिनामा अहिले ३० जनाभन्दा बढी कामदार आवद्ध छन्।