सेयर लगानीकर्तालाई नआत्तिन नियामकहरुको आग्रह, डिम्याट धितोमा ऋण निर्देशन केही दिनमै

बिजमाण्डू
२०७१ मंसिर २ गते ००:०० | Nov 18, 2014
सेयर लगानीकर्तालाई नआत्तिन नियामकहरुको आग्रह, डिम्याट धितोमा ऋण निर्देशन केही दिनमै
काठमाडौं। गत मंगलवारयता लगातार ४५ अंकले घटेर नेप्से परिसूचक ८४८ अंकका तहमा आइपुगेको छ।

Tata
GBIME
Nepal Life

१०८३ मा पुगेपछि भदौं २२ गतेे नेप्सेले बनाएको पहिलो न्युन बिन्दु ८८३ पछि बजारमा केही सुधारको संकेत देखिएको थियो। तर गत मंगलवारयता लगातार उच्च अंकले बजार घट्न थालेपछि लगानीकर्ता अत्तालिएका छन्। 

 
बजारमा निरासता छाएपछि नियमक निकायहरुले लगानीकर्ताहरुलाई सचेत भएर सेयर बिक्री गर्न आग्रह गरेका छन्। नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, 'अहिले बजार घट्नुपर्ने खासै कुनै कारण छैन्, त्यसैले बिचार गरेर मात्र सेयर बिक्री गर्न आग्रह गर्दैछौं।' 
 
अहिले सार्वजनिक भइरहेको कम्पनीहरुको वित्तीय विवरणले अवस्था राम्रै देखाएको  र रजनीतिक अवस्था पनि खासै चिन्ता गर्नुपर्ने नभएको गिरीले बताए। डिम्याट सेयरको आधारमा कर्जा प्रवाह हुन नसकेकोले पनि बजारमा प्रभाव देखिएको हो, तर यही साता यससम्बन्धी निर्देशन आउने सम्भावना रहेको हामीले जानकारी पाएका छौं, गिरीले भने।
 
यही सातामा डिम्याट सेयरको धितोमा कर्जा प्रवाह सम्बन्धि निर्देशन आउने राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए। बैंकको आन्तरिक समितिमा छलफल भइरहेको र निर्देशनले अन्तिम रुप पाएको उनले जानकारी दिए। 'अब निर्देशन जारी गर्छौं,' उनले भने।
 
हाल डिम्याट भइसकेका सेयर धितोमा राखेर कर्जा लिने व्यवस्था नभएकोले पनि बजारमा पूँजी भित्रन सकेको छैन्। त्यस्तै, लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न अधिकांश कम्पनीका सेयरहरु नामसारीमा पठाएकाले नयाँ बिटी लोन समेत जारी भएको छैन। नामसारीमा पठाएका सेयरको प्रमाण पत्र जारी नहुने भएको छ। साथै, यसरी नामसारीमा पठाएको सेयरको अभिलेख राख्न लगानीकर्ताले डिम्याट खाता अनिवार्य रुपमा खोल्नुपर्ने व्यवस्था गरिएकोले पनि उनीहरुले सेयर धितोमा राख्न पाएका छैनन्।
 
नया कर्जा नपाएकै कारण बजारमा कारोबार पनि सुस्तिदै गएको छ। दैनिक औसत २२/२५ करोडको सेयर कारोबार हुँदै आएकोमा अहिले कारोबार २० करोडभन्दा मुनि रहेको छ।
 
बजार घटेको समयमा सेयर किन्ने र बढेको समयमा बेच्ने गर्नुपर्छ, तर लगानीकर्ताहरुले बढ्दा किन्न थाल्ने र घट्दा बेच्न थाल्ने गरेको छन्, एक विश्लेषकले भने। यसले बजारलाई या त अस्थिर गराउँछ या त निरन्तर घटाउँछ, त्यसैले महंगो व्याज नपर्ने रकम वा आफुसँग भएको बिना व्याजको रकम अहिले लगानी गर्नुपर्ने समय भएको छ, उनले स्पष्ट पारे। 
 
अन्तर बैंकमा उनीहरुले गर्ने लगानीको व्याजदर घटेकोले अहिले बैंकहरुमा पर्याप्त तरलता रहेको देखाउँछ। त्यस्तै, हाल ऋणपत्रको व्याजदर पनि निकै कम भएकोले बैंकहरुले लगानीको राम्रो क्षेत्र पाएका छैनन्। चालु आवको पहिलो त्रैमाशमा वाणिज्य बैंकहरुले सेयर धितोमा दिएको कर्जा कुल कर्जाको जम्मा १.२८ प्रतिशत मात्र रहेको छ। त्यसैले हाल सेयर धितोको कर्जा प्रवाहमा कडाई हुने देखिएको छैन। 
 
डिपोजिट रोलओभर गरेनन्। बजारमा धेरै तरलता छ। पाँच प्रतिशत स्प्रेडमा बस्नु पर्ने भएकाले उनीहरुले वढी लगानी गर्नु पर्ने हुन्छ। सरप्लस पैसा वढी छ।