रोयल शुजको दशैं तिहार उपहारको बहार योजनाका विजेता घोषित, १५ दिनमा उपहार लिनुपर्ने

बिजमाण्डू
२०७१ मंसिर ३ गते ००:०० | Nov 19, 2014
रोयल शुजको दशैं तिहार उपहारको बहार योजनाका विजेता घोषित, १५ दिनमा उपहार लिनुपर्ने

काठमाडौं । रोयल शुज प्रालिले २०७१ को दशैं तिहारमा आयोजना गरेको ‘रोयल शुज – दशैं तिहार उपहारको बहार’ उपहार योजनाका विजेता सार्वजनिक गरेको छ ।

Tata
GBIME
Nepal Life

पोखरामा आयोजित दोस्रो वार्षिक उत्सवमा कम्पनीका अध्यक्ष भीम पौड्यालले बिजेताहरु सार्वजनिक गरेका हुन् ।

यो उपहार योजना अन्र्तगत बम्पर उपहार ‘आई टेन’ गाडी कुपन नम्बर ७६२३२० का उपभोक्ताले हात परेका छन् । यस्तै दशैं तिहार उपहार ‘आई फोन फाईभ’ कुपन नम्बर ३४०९४४ का उपभोक्ताले जितेको कम्पनीले जनाएको छ ।

आफूले जितेको उपहार संकलन गर्न सूचना प्रकाशित भएको १५ दिन भित्र विजयी उपभोक्ताले सम्पूर्ण कागजातका साथ रोयल शुजको कार्यलयमा आई स्वयंमले दाबी गर्नु पर्ने कम्पनिले जनाएको छ ।

कम्पनीले अहिले दैनिक पाँचसय जोर जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।