एनआइडीसी डेभलपमेन्टको नाफा १६ करोड रुपैयाँ, गैर सञ्चालन आम्दानी घट्यो, यतिको नोक्सन घट्यो

बिजमाण्डू
२०७१ मंसिर ४ गते ००:०० | Nov 20, 2014
काठमाडौं। चालु आवको पहिलो त्रैमाशमा एनआइडीसी डेभलपमेन्ट बैंकले १६ करोड रुपैयाँ नाफा कमाएको छ। यति डेमलपमेन्ट बैंकको पनि नोक्सान ७५ प्रतिशतले घट्यो।
एनआइडीसी डेभलपमेन्ट बैंक
एनआइडीसी डेभलपमेन्ट बैंकको नाफा चालु आवको पहिलो त्रैमाशमा करिब २६ प्रतिशतले घटेर १६ करोड ८७ लाख रुपैयाँमा सिमित भयो। बैंकको गैर सञ्चालन आम्दानी ३८ करोडबाट घटेर ५६ लाखमा सिमित भएपछि नाफामा असर परेको हो। बैंकले अघिल्लो पटक आफ्नो स्वामित्वमा रहेका वाणिज्य बैंकहरुको सेयर बेचेपछि यो आम्दानी बढेको थियो। बैंकले गत असारसम्म पनि यस्ता सेयर बेचेर थप आम्दानी गरेको थियो।

Tata
GBIME
Nepal Life

बैंकको खुद व्याज आम्दानी पनि ७२ प्रतिशतले बढेर १० करोड ७४ लाख रुपैयाँ पुगेको छ। बैंकको व्याज खर्च र आम्दानी दुवै बढेको छ।

बैंकको यसपटक खराब कर्जा बापतको हर्जना रकम पनि ७४ प्रतिशतले घटेर एक करोड ६५ लाख रुपैयाँमा सिमित भएको छ। बैंकले राइट ब्याक ११ गुणाले बढाएर १२ करोड ११ लाख गरको छ।  बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही घटेपनि यो उच्च नै छ। यो अनुपात २३.०५ प्रतिशत रहेको छ। बैंकले कुल खराब कर्जाको करिब ८२ प्रतिशत रकम हर्जाना वापत छुट्याएको छ।

बैंकले अन्य आम्दानी एक करोड ४३ लाख रुपैयाँ कमाएको हो। अघिल्लो पटक सञ्चालन नोक्सानमा रहेको बैंक आठ करोड ५० लाख सञ्चालन नाफामा छ।  

बैंकको निक्षेप ७.४० प्रतिशतले बढेर एक अर्ब ३५ करोड रुपैयाँ भएको छ। बैंकको कर्जा भने ०.९ प्रतिशतले घटेर एक अर्ब ५८ करोड पुगेको छ। बैंकको कर्जा निक्षेप अनुपात जम्मा ३९ प्रतिशत छ।  बैंकले कुल निक्षेपको करिब ४१ प्रतिशत रकम लगानी गर्न सकेको देखिदैन। बैंकको रियल स्टेटमा लगानी ५० प्रतिशतले घटेको छ ।

बैंकको प्रतिसेयर आम्दानी बार्षिक १६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २.५९ र प्रतिसेयर नेटवर्थ ६८० रुपैयाँ छ।

यती डेभलपमेन्ट बैंक
चालु आवको पहिलो त्रैमाशमा प्रोभिजनिङ घटेपछि र व्याज आम्दानी बढेपछि यतीको नोक्सान घटेको छ। बैंकको ७६ प्रतिशतले नोक्सान घटेर सात करोड ६७ लाख रुपैयाँमा सिमित भएको छ।

बैंकको प्रोभिजनिङ पनि ७३ प्रतिशतले घटेर नौं करोड भएको छ। गत बर्षको यो अवधिमा बैंकले ३३ करोड ६२ लाख रुपैयाँ नाफा छुट्याएको थियो। गत बर्ष चार करोड ६५ लाख राइट ब्याक गरेको बैंकले यसपटक भने ९० लाख रुपैयाँ राइट ब्याक गरेको छ। बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही घटेर १६.६७ प्रतिशत रहेको उल्लेख गरेको छ। बैंकले कुल खराब कर्जाको ८५ प्रतिशत रकम हर्जाना वापत छुट्याएको छ। यो अघिल्लो पटकभन्दा बढि हो।

बैंकको खुद व्याज आम्दानी १०६ प्रतिशतले बढेर दुई करोड ७९ लाख रुपैयाँ पुगेको छ।  बैंकले अन्य आम्दानी एक करोड ३८ लाख रुपैयाँ र फि कमिसनबाट आम्दानी १३ लाख कमाएको हो। बैंकको आठ करोड रुपैयाँ नै सञ्चालन नोक्सानमा छ।

बैंकको निक्षेप २० प्रतिशतले बढेर सात अर्ब रुपैयाँ भएको छ। बैंकको कर्जा भने करिब १० प्रतिशतले बढेर पाँच अर्ब पुगेको छ। बैंकको कर्जा निक्षेप अनुपात भने केही घटेर ७५.४४ भएको छ। बैंकको रियल स्टेटमा लगानी तीन प्रतिशतले घटेको छ। बैंक अझै ६१ करोड सञ्चित नोक्सानमा छ।

बैंकको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात नकारात्मक छ।  बैंकको प्रतिसेयर नेटवर्थ ५५ रुपैयाँ रहेको छ।