कैलाश विकासको १५ प्रतिशत बोनस र १० प्रतिसत नगद लभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

बिजमाण्डू
२०७१ मंसिर ४ गते ००:०० | Nov 20, 2014
कैलाश विकास बैंकको १५ प्रतिशत बोनश शेयर तथा १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले आगामी वार्षिक साधारण सभामा यो प्रस्ताव पेश गर्दैछ। हाल बैंकको चुक्ता पूँजी ७७ करोड ८३ लाख रहेकोमा बोनश सेयर दिएपछि ८९ करोड, ५१ लाख पुग्ने छ। गत असोजसम्ममा बैंकको कूल निक्षेप सात अर्ब ८१ करोड र कूल कर्जा छ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।

हाल बैंकले विभिन्न जिल्लाका २३ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा र १३ वटा एटिएम मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ। बैंकले निकट भविष्यमा नै तीन वटा शाखा थप गर्ने भएको छ।