हिमालयन बैंकले पायो मलेशिायामा सम्पर्क कार्यालय खोल्ने अनुमति, पुसभित्रै कार्यालय खोल्ने

बिजमाण्डू
२०७१ मंसिर ४ गते ००:०० | Nov 20, 2014
हिमालयन बैंकले पायो मलेशिायामा सम्पर्क कार्यालय खोल्ने अनुमति, पुसभित्रै कार्यालय खोल्ने

काठमाडौं । हिमालयन बैंकले मलेशियामा सम्पर्क कार्यालय खोल्ने अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई मलेशियामा सम्पर्क कार्यालय खोल्ने अनुमति दिएको हो । हिमालयनले मलेशियाको केन्द्रीय बैंकबाट यस अघि नै यसको अनुमति पाइसकेको थियो ।

Tata
GBIME
Nepal Life

आगामी पुस मसान्त भित्रै सम्पर्क कार्यालय खोल्ने प्रक्रिया सुरु गरिसकेको हिमालयन बैंकले जनाएको छ । सम्पर्क कार्यालय खुलेपछि बैंकले नेपाल र
मलेशियाबीच व्यापार तथा विप्रेषण वृद्धि हुने विश्वास राखेको छ ।


यस्तै बैंकले छिट्टै नै खाडी मुलुकहरुमासमेत सम्पर्क कार्यालयहरु खोल्ने र सम्पर्क कार्यालयको विश्वव्यापी सञ्जाल निर्माण योजनासमेत अघि सारेको छ ।
हाल बैंकको देशभर ४२ वटा शाखा तथा विप्रेषण भुक्तानीका लागि ५४ सय भन्दा बढी हिमाल रेमिट भुक्तानी केन्द्र रहेका छन् । यसैगरी बैंकको विश्वभर एकसय भन्दा बढी व्यवसायिक सहयोगी संस्थाहरु रहेका छन् ।