गोली प्रहारबाट घाइते कर्मचारीलाई यती डेभलपमेन्टले गर्यो उपचार र अभिनन्दन, अभियुक्त अझै फरार

बिजमाण्डू
२०७१ मंसिर ५ गते ००:०० | Nov 21, 2014
काठमाडौं। यती डेभलपमेन्ट बैंकले रकम संकलनको क्रममा गोली प्रहारबाट घाइते हुन पुगेको आफ्नो कर्मचारीलाई उपचार पछि अभिनन्दन गरेको छ। बैंकका कामु प्रमूख कार्यकारी अधिकृत सागर शर्माले कर्मचारी भगवान बराललाई खादा ओढाएर अभिनन्दन गरेका छन। 
 
बैंकको पोखरा शाखामा कार्यरत भगवान बराल गत बैसाख १५ गते मेगा सेभिङ्ग एण्ड को–अपरेटिभबाट रकम सङ्कलन गरी फर्किने क्रममा अज्ञात समुहले गोली प्रहारबाट घाइते भएका थिए । बराललाई पोखराको मणीपाल अस्पतालमा केही समय, न्यूरो अस्पताल काठमाडौंमा ४ महिना र ३ महिनामा वेलनेस अस्पताल महाराजगंजमा उपचार गरिएको थियो। उपचारको सम्पूर्ण खर्च बैंकले नै ब्यहोरेको थियो ।

Tata
GBIME
Nepal Life

हाल कर्मचारी स्वास्थ लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनु भएका छन। घटनामा संलग्न दोषीहरु हालसम्म फरार रहेकोले बैंकले अभियुक्तहरुलाई अबिलम्ब कानुनी दायरामा ल्याउन अनुरोध गरीने बैंकले बताएको छ।