सुनको मूल्य दुई सयले मूल्य बढ्यो, तोलाको ५१ हजार एक सयमा कारोबार, चाँदीको मूल्य स्थिर

बिजमाण्डू
२०७१ मंसिर ५ गते ००:०० | Nov 21, 2014
सुनको मूल्य दुई सयले मूल्य बढ्यो, तोलाको ५१ हजार एक सयमा कारोबार, चाँदीको मूल्य स्थिर


काठमाडौं। सुनको मूल्य विहीवार दुई सय रुपैयाँले बढेको छ। विहीवार तोलाको ५१ हजार एक सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ। 
 
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रममा देखिएपछि धरेलु बजारमा पनि मूल्य बढेको हो। ब्लुमबर्गका अनुसार सुनको कारोबार प्रतिऔंस ११९३ डलरमा भइरहेको छ। विहीवार बेलुका भारतीय बजारमा प्रति १० ग्राम सुन २६ हजार सात सय ११ भारुमा कारोबार भइरहेको थियो।

Tata
GBIME
Nepal Life

शुक्रवार विहानी सत्रमा सुनको मूल्य घटेपनि करिब पौने १२ बजे २६ हजार चार सय ८४ मा कारोबार भएको थियो।यो दिन यस अघिको कारोबारमा भने त्यही परिमाणको सुन २६ हजार चार सय ६३ भारुमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रह्यो। चाँदी प्रतितोला सात सय रुपैयाँमा कारोबार भइरहेको छ।