नेपाल लाइफले गर्‍यो अहिलेसम्मकै ठुलो बिमा दावी भुक्तानी, एकै व्यक्तिको ३१ लाख ८६ हजार हस्तान्तर

बिजमाण्डू
२०७१ मंसिर ५ गते ००:०० | Nov 21, 2014
नेपाल लाइफले गर्‍यो अहिलेसम्मकै ठुलो बिमा दावी भुक्तानी, एकै व्यक्तिको ३१ लाख ८६ हजार हस्तान्तर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको इतिहासकै ठुलो बिमा दावी भुक्तानी गरेको छ । कम्पनीले एकै व्यक्तिको ३१ लाख ८६ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो ।

Tata
GBIME
Nepal Life

कम्पनीले कैलालीको बेलौरीका नारायणप्रसाद ढकालको परिवारलाई यो रकम हस्तान्तरण गरेको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए ।

करिब एक वर्ष अघि मात्रै बिमा योजना लिएका ढकालको केही दिन अघि हृदयघातका कारण निधन भएको थियो । कम्पनीले ढकालको घरमै पुगेर दावी भुक्तानी गरेको हो । बिमा समितिका अध्यक्ष प्राडा फत्तबहादु केसीले ढकालको परिवारलाई यो रकम हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै केसीले मृत्यु दाबी भुक्तानीका लागी कम्पनीले गरेको प्रयास सह्रानीय भएको बताए ।

यस्तै कम्पनीका सिइओ झाले कम्पनीले ग्राहककै घरसम्म पुगेर बिमा दावी भुक्तानी गर्ने बताए । झाले नेपाली बिमा कम्पनीप्रति सीमा क्षेत्रमा रहेका नागरिकमा सकारात्म धारणा नरहेको भन्दै त्यसलाई चिर्न पनि कम्पनीले घरदैलोमा पुगेर नै दावी भुक्तानी गर्ने गरेको बताए ।

उनले बिमा दावी लिनका लागि ग्राहकलाई कुनै समस्या नहोस भनेर कम्पनीले हेल्पलाइन समेत संचालनको तयारी गरिरहेको जानकारी दिए ।

कम्पनीले गएको असोज मसान्तसम्म मृत्युदावी बापत मात्रै ७७ करोड २१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।