मंसिर १७ बाट एनआइबीएल सम्वृद्धि फण्ड–१ को इकाइ जारी हुदै, एक अर्बको कोष बनाइने

बिजमाण्डू
२०७१ मंसिर ५ गते ००:०० | Nov 21, 2014
मंसिर १७ बाट एनआइबीएल सम्वृद्धि फण्ड–१ को इकाइ जारी हुदै, एक अर्बको कोष बनाइने
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवर्द्धन गरेको एनआइबीएल सम्वृद्धि फण्ड–१ को मंसिर १७ गतेबाट प्राथमिक निष्कासन हुने भएको छ। एनआइबीएल सम्वृद्धि फण्ड–१ को व्यवस्थापन बै‌ककै सहायक कम्पनी एनआइबीएल क्यापिटल गर्नेछ।

Tata
GBIME
Nepal Life

प्रति इकाइ १० रुपैयाँ रहेको यस योजनाको निष्कासन मंसिर २१ गतेसम्म खुला रहने छ। योजनाको आकार ८० करोड रुपैयाँ हुनेछ। तर मागभन्दा बढि आवेदन परेमा योजनाको आकार एक अर्ब रुपैयाँ पुर्याइने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ । 
 

योजनामा लगानीकर्ताले न्युनत्तम एक सयदेखि ८० लाख इकाइसम्मको लागि आवेदन दिन सक्नेछन् । योजनाको परिपक्व अवधि सात बर्षको हुनेछ।

एनअार्इबिएलको सामूहिक लगानी कोष अन्तगर्तको  यो पहिलो योजना हो । 

हालसम्म सिद्धार्थ क्यापिटल,  नबिल इन्भेष्टमेन्ट बै‌किङ र एनएमबि क्यापिटलले सामूहिक लगानी कोषका योजना सार्वजनिक गरेका छन् ।

 यसअघि जारी गरिएका कोषको अवधि पाँच वर्ष हुने गरे पनि समृद्धि फण्ड भने सात वर्षमा परिपक्व हुनेछ । 
अहिले हामीले केही संस्थागत लगानीकर्तासंग पनि कुरा गरिरहेका छौं, एनआइबीएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले भने, उनीहरु लगानीका लागि सकारात्मक छन। उनले भने, बीमा कम्पनीहरुको पनि प्राथमिक निष्कासनमा लगानीको सीमा हालै बढेको छ।

राष्ट्र बैंक समेत बैंक तथा वित्तीय संस्थाको लगानी बजारमा प्रत्यक्षभन्दा सामूहिक लगनी कोष मार्फत होस भन्ने अपेक्षामा देखिएकोले वातावरण राम्रो बनेको थापाले बताए । बजारमा तरालता पर्याप्त रहेकोले पनि लगानी राम्रो हुने अपेक्षा थापाको छ।  

  
इकाइ खरिदको लागि नेपाल इन्भेष्टमेन्ट बैंकका सबै शाखा र एनआइबीएल क्यापिटलको कार्यालय लाजिम्पाटबाट आवेदन दिन सकिने छ। योजानले बार्षिक १५ देखि २० प्रतिशत प्रतिफल आर्जन गर्ने प्रक्षेपण रहेको छ। 
 
योजनाको रकम सेयर, सेयरमा आधारित वित्तीय उपकरण, मुद्दती निक्षेपमा लगानी गरिने भएको छ। योजनाको व्यवस्थापकमा महाप्रबन्धक थापा सहित भारतीय बजारको अनुभव लिएका प्राग बिष्ट, चार्टर्ड सर्टिफाइड एकाउन्टेन्स एशोसिएसनको सदस्य प्राप्त सविर श्रेष्ठ छन्। त्यस्तै, कोषको सुपरिवेक्षकमा पुर्व अर्थसचिव बिमल कोइराला, पुर्व अर्थमन्त्री मधुकर जवरा राणा लगायत रहेका छन। 
 
नियम अनुसार योजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको १४ प्रतिशत र एनआइबीएल क्यापिटलको एक प्रतिशत लगानी मुल पूँजीको रुपमा रहने छ। नेपाल इन्भेष्टमेन्ट बैंकले इक्रा नेपालबाट ए रेटिङ र एनआइबीएल क्यापिटलले एएमसी थ्री रेटिङ पाएको छ। नेपाल धितोपत्र बोर्डले गत कात्तिक ३० गते यस योजनाको इकाइ निष्कासनको लागि अनुमती दिएको थियो।