नक्कली एटिएम कार्डबाट भएको रकम ठगीमा आफ्नो कार्ड प्रयोग नभएको हिमालयन बैंकको स्पष्टोक्त्ती

बिजमाण्डू
२०७१ मंसिर ५ गते ००:०० | Nov 21, 2014
नक्कली एटिएम कार्डबाट भएको रकम ठगीमा आफ्नो कार्ड प्रयोग नभएको हिमालयन बैंकको स्पष्टोक्त्ती


काठमाडौं। नक्कली एटिएम कार्डको प्रयोग गरेर ठगी भइरहेको समाचारहरु आइरहदा हिमालयन बैंकले भने आफ्नो एटिएम कार्ड ठगीमा प्रयोग नभएको स्पष्ट पारेको छ। 
 
बैंकले जारी गरेको भिसा र मास्टर कार्ड पूर्ण सुरक्षित रहेको उल्लेख गरेको छ। त्यस्तै, हालै सार्वजनिक भएको ठगी काण्डबाट बैंक र ग्राहकलाई कुनै पनि वित्तीय नोक्सानी नपरेको पनि बताएको छ। 
 
हालै केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं ठमेलबाट टर्कीका नागरिक मेहमत गुलेनलाई पक्राउ गरेको थियो। गुलेन अन्तराष्ट्रिय बैंकका नक्कली कार्डको प्रयोग गरेर नेपालका एटिएमहरुबाट रकम झिकेको आरोपमा पक्राउ परेका हुन्। 
 

Tata
GBIME
Nepal Life