विश्व विकास बै‌कले बृद्धाश्रममा मनायो अाठौं वार्षिकोत्सव, बृद्धबृद्धालाई सामान हस्तान्तरण

बिजमाण्डू
२०७१ मंसिर ५ गते ००:०० | Nov 21, 2014

काठमाडौं। विश्व विकास बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव बृद्धाश्रममा मनाएको छ। बैंकले कास्कीको लेखनाथस्थित गगनगौंडामा रहेको राधाकृष्ण बृद्धाश्रममा वार्षिकोत्सव मनाएको हो। यो आश्रममा ४५ जना बृद्धबृद्धा छन्।

बैंकले बृद्धबृद्धाका लागि विविध उपयोगी सामग्रीहरु वितरण गरेको छ। सामग्रीहरु वितरण गर्दै बैंकका अध्यक्ष जगनवहादुर गुरुङ्गले बैंकको सफलताका लागि ग्राहक तथा शुभचिन्तकहरुकै ठूलो हात रहने बताए। कार्यक्रममा बैंकका सञ्चालकहरु किशोर ओझा, अर्जुन बञ्जारा र सञ्जीव बानिया तथा बैंकका प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यको समेत उपस्थित थिए।

Tata
GBIME
Nepal Life

यो बैंकको चुक्ता पूँजी ३६ करोड ६ लाख रहेकोमा आगामी साधारण सभावाट अनुमोदन भए पश्चात वितरण हुने १७.३७ प्रतिशत बोनस सेयर पछि कुल ४१ करोड ९८ लाख पुग्नेछ। बैंकले असोज मसान्तसम्म तीन अर्व ८४ करोड निक्षेप संकलन तथा तीन अर्व ३५ करोड कर्जा लगानी गरी तीन करोड ४६ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो।