मोदी नेपाल आउँदा सीमा पनि बन्द हुने, रुपन्देही, नपलपरासी र कपिलवस्तुका नाकामा आवागमन रोकिने

बिजमाण्डू
२०७१ मंसिर ६ गते ००:०० | Nov 22, 2014
मोदी नेपाल आउँदा सीमा पनि बन्द हुने, रुपन्देही, नपलपरासी र कपिलवस्तुका नाकामा आवागमन रोकिने


बुटवल । १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने क्रममा बुद्ध जन्मस्थल लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि तीन जिल्लाको सिमानासमेत बन्द गरिने भएको छ।  
 
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भ्रमणको बेला भारतीय सीमाबाट आवागमनसमेत बन्द हुने जानकारी राससलाई दिएका छन्।
 
रुपन्देही, नपलपरासी र कपिलवस्तुका सीमानाका बन्द हुनेछन्। भ्रमण सुरु हुनुभन्दा आठ घन्टाअघिदेखि सीमा बन्द गर्न नेपाल–भारत सुरक्षा बैठकमा सहमति भएको हो।
 
यस क्षेत्रमा प्रशासनले सवारीसाधन, मन्दिर, मस्जिद, गुम्बा पनि विशेष सुरक्षाको घेरामा राखेको छ। प्रहरीले यस क्षेत्रको मुख्य नाका सुनौली नाकालगायतमा कुकुरको सहयोगमा सुरक्षालाई कडा बनाएको छ।
 
सवारी मन्त्री
लुम्बिनीमा श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्ष मङ्सिर ९ गते र भारतीय प्रधानमन्त्री मोदी मङ्सिर १२ गते आउने तयारी छ।
 
सरकारले मङ्सिर १२ गते हुने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई र श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिएको छ।
 
विशिष्ट पाहुनाको स्वागतका लागि यस क्षेत्रका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सभासद्, पूर्वसभासद्, विभिन्न दलका प्रमुख, सङ्घसंस्थाका विशिष्ट व्यक्ति, सरकारी कार्यालयका प्रमख र सञ्चारकर्मीसमेत रहेको नागरिक अभिनन्दन तथा स्वागत समिति बनाइएको छ।
 
 राजपक्ष र मोदीको भ्रमणको सुरक्षाका लागि विशिष्ट किसिमको एकीकृत सुरक्षा योजना बनाइएको अञ्चल प्रहरीप्रमुख गणेश केसीले जानकारी दिए। अहिलेदेखि नै भारतीय र नेपाली सुरक्षाकर्मीबीच सुरक्षाको छलफलसमेत भइरहेको छ।
 
लुम्बिनीमा विशिष्ट पाहुनाको हेलिकोप्टर अवतरण गर्न सुरक्षा निकायको अनुरोधमा तीन हेलिप्याड निर्माण गरिएका छन्। हेलिप्याडबाट मायादेवी मन्दिरसम्म पुग्ने सडक मर्मत गरिएको लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले जानकारी दिए।
 
डेढ करोड खर्च
सवारी पार्किङ स्थल सम्याएर व्यवस्थित बनाइएको छ। लुम्बिनीलाई आकर्षक बनाउनाका लागि करिब रु डेढ करोड खर्चिएको छ। विकास कोषका कोषाध्यक्ष ओम शर्माले पूर्वनिर्धारित योजनासहित केही नयाँ काम पनि यो समयमा भएको बताए।
 
लुम्बिनी भ्रमणमा रहँदा श्रीलङ्काली राष्ट्रपति राजपक्षले श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, लुम्बिनी बौद्ध विश्वविद्यालय, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुल र सडकको उद्घाटन गर्नाका साथै मायादेवी मन्दिरस्थित श्रीलङ्काली विहारमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।
 
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले भारत सरकारको सहयोगमा हुने योजनाको घोषणा, मायादेवी मन्दिर अवलोकन र लुम्बिनीमा वृक्षरोपण गर्ने कार्यक्रम रहेको छ। राससको सहयोगमा

Tata
GBIME
Nepal Life