भारतीय प्रधानमन्त्री मोदीको काठमाडौँ बाहिरका कार्यक्रम रद्द, विदेश मन्त्रालयको पुष्टि

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
भारतीय प्रधानमन्त्री मोदीको काठमाडौँ बाहिरका कार्यक्रम रद्द, विदेश मन्त्रालयको पुष्टि

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका काठमाडौँ बाहिरका सम्पूर्ण कार्यक्रम रद्द भएको औपचारिक पुष्टि त्यहाँको विदेश मन्त्रालयले गरेको छ। 

Tata
GBIME
Nepal Life

विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले आज बिहान ट्विट गर्दै सार्क शिखर सम्मेलनका क्रममा मोदीले काठमाडौँको मात्रै भ्रमण गर्ने बताएका हुन्। 

'भारतमा गरिएका प्रतिवद्धताका कारण' उनले कारण खोलेका छन्। 

देशमा भन्दा विदेशमा धेरै समय बिताएको भन्दै प्रतिपक्षीहरुले आलोचना गर्न थालेपछि मोदीको भ्रमण योजना छोट्याइएको यसले देखाउँछ।

उनी जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम थियो। यसका लागि सुरक्षा लगायत सम्पूर्ण तयारी भइसकेको थियो।

यस्ताे छ सइद अकबरुद्दिनको ट्विट: