भारतमा मंगलबार जिओमी रेडमी मोवाइल सार्वजनिक हुने, १० हजार भारुमा सुविधायुक्त फोन पाइने

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
भारतमा मंगलबार जिओमी रेडमी मोवाइल सार्वजनिक हुने, १० हजार भारुमा सुविधायुक्त फोन पाइने

काठमाडौं । चिनियाँ कम्पनी जियोमीले भारतमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले भारतमा मंगलबार ५.५ इन्चको रेडमी नोट स्मार्टफोन सार्वजनिक गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

चिनियाँ एप्पलको नामले प्रख्यात कम्पनीले उपभोक्ताका लागि रेडमी वान एस तथा एमआई-थ्रीको साथमा रेडमी ल्याउन लागेको जनाइएको छ। नयाँ मोवाइलको मूल्य भारतमा नौहजार नौसय ९९ भारु तोकिएको छ।

नयाँ मोवाइलमा दुईवटा सिमकार्ड चल्नेछन्। यस्तै रेडमीमा जिओमी कम्पनीले १.७ गिगाहर्ज अक्टा कोर प्रोसेरह जडान गरेको छ। यस्तै मोवाइलमा रहेको दुई जिबी र्‍यामले चलाउन सहज हुने दावी पनि कम्पनीको छ।

मोवाइलमा आठ जिबी इन्टरनल मेमोरी प्रयोग गरिएको छ। यस्तै यसलाई ३२ जिबीसम्म बढाउन माइक्रो एसडी कार्ड सपोर्टको सुविधा पनि दिइएको जिओमीले जनाएको छ।

यो मोवाइलमा १३ मेगापिक्सेलको रेयर क्यामेरा र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ। ५.५ इन्चको एचडी रिजोल्युसन डिस्प्ले मोवाइलको छ।

जिओमीको यो मोवाइल ४.२ जेली विनमा आधारित छ। नयाँ मोवाइलमा जिपिआरएस, एज, जिपिएस, वाइफाइ तथा ब्लुतुथ कनेक्टिभिटीको सुविधा रहेको छ।

कम्पनीले यसअघि भारतमा जिओमी रेडमी वान एस मोवाइल सार्वजनिक गरेको थियो। सुरुमा ६ हजार नौसय ९९ तोकिएको यो मोवाइलको मूल्य पछि पाँचहजार सय ९९ मा घटाइएको थियो।