राजनीतिले देखायो नेप्सेमा रंग,कारोबार अवधिमा २१अंक उक्लिएको नेप्सेको वृद्धि सुस्तायो

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
राजनीतिले देखायो नेप्सेमा रंग,कारोबार अवधिमा २१अंक उक्लिएको नेप्सेको वृद्धि सुस्तायो
काठमाडौं। आइतवार कारोबार खुलेदेखि नै बढ्न क्रममा रहेको नेप्से परिसूचक २१ अंकसम बढेको भएपनि अन्त्यमा सुस्तिएको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संयुक्त प्रस्ताव लैजाने सहमति भएको र अथमन्त्री रामशरण महतले बजार घट्नु पर्ने कारण नरहेको बताएपछि बजारमा उछाल देखिएको थियो। 
आठ सय ६२ बिन्दुबाट बढेर आठ सय ८३ सम्म पुगेको नेप्से उचाईबाट घटेपनि बजार बन्द हुने समयमा भने केही ओर्लियो। आइतवार दिउस भने संवाद समितिमा कुरा नमिलेको खबर आएपछि बजार सुस्तिने क्रममा देखिएको थियो। 
 
कारोबार शुरु भएदेखि बजार बढेपनि ठुलो/ठुलो परिमाणमा सेयर किनबेच भएको थिएन, सासानो कित्ताको दरमा भइरहेको थियो, लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन, ब्रोकर्स एशोसिएशनका अध्यक्ष नरेन्द्रराज सिजापतीले भने। राजनीतिक अवस्थालाई लगानीकर्ताले आधार मानेर लगानी गरिरहेको पनि यसले देखाउँछ। 
 
बजार बन्दहुँदा भने नेप्से परिसूचक ६.६५ अंकले बढेर ८६९.१५ बिन्दुमा पुगेको छ। बजार बन्द हुने समयमा नेप्से पुन बढ्ने दिशामा रहकोले सुधारले निरन्तरता पाउँने सम्भावना रहेको विश्लेषकहरु बताउछन। 
यस दिन वित्तबाहेक सबै समूहको परिसूचक बढेको छ। बीमा सूमह २९ अंक, जलविद्युत् समूह ६९ अंक, होटेल समूह करिब आठ अंक, बिकास बैंक साढे छ अंकले बढेको छ। 
 
हकप्रद दिने खबरले एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढ्यो। कम्पनीको सेयर ९६० मा कारोबार भयो। ३१ कम्पनीको दुई प्रतिशतभन्दा कमले सेयर मूल्य बढेको छ। ५१ कम्पनीको मूल्य घटेपनि ३२ को दुई प्रतिशतभन्दा कमले सेयर मूल्य घटेको छ। 

Tata
GBIME
Nepal Life
यस दिन एक सय ३० कम्पनीको सेयर पाँच लाख ५५ हजार कित्ता सेयर किनबेच भयो। २५ करोड ९८ लाख रुपैयाँको कारोबार भयो।