राष्ट्र बैंकले गर्यो डिम्याट सेयरको आधारमा कर्जा पाउँने व्यवस्था, बजारमा सकारात्मक प्रभाव

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
राष्ट्र बैंकले गर्यो डिम्याट सेयरको आधारमा कर्जा पाउँने व्यवस्था, बजारमा सकारात्मक प्रभाव
काठमाडौं। डिम्याट (विद्युतीय अभिलेख/अभौतिक) भएका सेयरको धितोमा कर्जा पाउँने व्यवस्थाको पर्खाइमा रहेका लगानीकर्ताहरुको माग पुरा भएको छ। नेपाल राष्ट्र बैंकले आइतवार परिपत्र जारी गरेर यस्तो व्यवस्था गरेको हो। 
‘हाम्रो बजारमा धेरै लगानीकर्ता कर्जा लिएर सेयरमा लगानी गर्छन्, डिम्याट भएका सेयर धितो बैंकहरुले लिन नपाएकोले लगानीकर्ताले कर्जा पाएका थिएनन, अब बजारमा तरलता बढ्न सक्छ, सेयर ब्रोकर नन्द किशोर मुन्दडाले भने। कर्जा प्रवाह हुन नसकेकै कारण बजार घट्न थप मदत पुगेको लगानीकर्ता तथा ब्रोकरहरुले बताएका थिए। 
 
यसअघि एकिकृत निर्देशन २०७१ ले भौतिक सेयरको सक्कल प्रमाण पत्रको धितो राखेर र बीटी (ब्यांक ट्रान्सफर) रसिदको आधारमा मात्र कर्जा लिन पाउँने व्यवस्था गरेको थियो। राष्ट्र बैंकले यो निर्देशन सच्याउँदै नयाँ व्यवस्था गरेको हो। 
 
कात्तिक २० गतेयता यसरी नामसारीमा पठाएको सेयरको भौतिक प्रमाणपत्र जारी नहुने र डिम्याट एकाउन्टमा मात्रै सेयर आउने व्यवस्था गरिएको छ। कात्तिक २० यता करिब २६ कम्पनीले लाभांशको लागि बुक क्लोजको मिती सार्वजनिक गरिसकेका छन। यी मध्ये धेरै कम्पनीको बुक क्लोज समेत भइसकेकोले लगानीकर्ताहरुले लाभांश लिन सेयर नामसारीमा पठाएका छन। यही कारण पनि सेयर डिम्याट भएपनि कर्जा लिन सकिने अवस्था थिएन। 
 
अर्काेतर्फ, आगामी बैसाख दुर्ई गतेबाट डिम्याट भएका सेयरको मात्र कारोबार हुने व्यवस्था गरिएको छ। त्यसपछि बीटी रसिदको आधारमा कर्जा पाइने छै्न। यही कारण अहिले देखि नै कतिपय बैंक तथा वित्तीय संस्थाले ब्ल्यांक ट्रान्सफर (बीटी) रसिदको आधारमा नयाँ कर्जा जारी गर्न रोकेका छन। यसले पनि बजारमा लगानी बढ्न सकेको थिएन। 
 
तोकिएका निक्षेप संग्रहबर्ता(डीपी) को मा गएर खाता खोलेमा लगानीकर्ताको आफ्नो खातामा सेयर डिम्याट हुने छ। हाल कागजी प्रमाण पत्रको रुपमा रहेको सेयर नामसारीमा पठाएको १५ दिनमा लगानीकर्ताको खातामा डिम्याट भएर आउने व्यवस्था छ। तर आगामी बैसाख दुई गतेपछि भने कारोबार भएपछिको तीन दिनभित्र लगानीकर्ताको खातामा सेयर डिम्याट भइसक्ने छ। यसरी डिम्याट एकाउन्टमा भएको सेयर धितो राखेर लगानीकर्ताले कर्जा पाउँन सक्ने छन। 
 
 

Tata
GBIME
Nepal Life