फियाट फेसबुक फोटो कन्टेस्टको उपाधि प्रज्ञान मुलापातीलाई, २५ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
फियाट फेसबुक फोटो कन्टेस्टको उपाधि प्रज्ञान मुलापातीलाई, २५ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण


काठमाडौं । फियाट फेसबुक फोटो कन्टेस्टको उपाधि प्रज्ञान मुलापातीले जितेका छन् । फेसबुकमा भएको लाइकका आधारमा विजेता चयन गरिएकोमा उनले आफ्नो फोटोमा चारहजार नौसय ५४ लाइक पाएका थिए । मुलापातीले २५ हजार रुपैयाँ हात पारेका छन्। 
 
यस्तै दोस्रो भएकी मनिषा लामा अधिकारीले १५ हजार रुपैयाँ हात पारेकी छन्। उनको फोटो दुईहजार दुईसय २८ जनाले लाइक गरेका थिए। तेस्रो पुरस्कार स्वरुप १० हजार पाएका स्वेता जोशीको फोटो एकहजार आठसय लाइक गरेका थिए। 
 
नेपालको लागि फियाट अटो मोवाइल्सको आधिकारीक विक्रेता लाइफ अटो मोवाइलले गत सेप्टेम्बरमा आयोजना गरिएको नाडा अटो शो २०१४ मा घोषणा गरेको फियाट फेसबुक फोटो कन्टेस्टमा सहभागी भएका मध्ये धेरै फोटोमा धेरै लाइक पाएका मध्येबाट विजेता चयन गरिएको हो। यो योजना सेप्टेम्बर ३ देखि २४ सम्म संचालन भएको थियो। 

Tata
GBIME
Nepal Life


 

गैरीधारास्थित फियाट अटो मोवाइल्सको शो रुममा सम्पन्न भएको कार्यक्रममा नेपालका लागि फियाटका महाप्रबन्धक सुरज मानन्धरले विजेताहरुलाई नगद उपहार प्रदान गरे। नाडा अटो शोमा घोषणा गरे बमोजिम फियाट गाडीसँग फोटो खिचाई फेसबुकमा सर्वाधिक लाइक पाउने मध्येबाट तीनजनालाई पुरस्कृत गरिएको हो। 
 
अम्निल टेक्नोलोजि प्रालिले व्यवस्थापन र संचालनको जिम्मा लिएको उक्त प्रतियोगिता पूर्ण रुपमा निश्पक्ष बनाउनका लागि आयोजक स्वंयमले इलोक्ट्रोनिक प्रविधिबाट फेसबुक फोटो लाइकको प्रमाणिकरण गरेको थियो।