सोनीको एक्सपेरिया जेड सिरिजका मोबाइल फोन बजारमा, पातलो र घुमाउरो अल्मुनियम फ्रेममा

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
सोनीको एक्सपेरिया जेड सिरिजका मोबाइल फोन बजारमा, पातलो र घुमाउरो अल्मुनियम फ्रेममा

काठमाडौँ । सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकै साथ एक्सपेरिया जेड सिरिजका बहुप्रतिक्षित मोबाइल फोन सार्वजनिक गरेको छ ।
 
एक्सपेरिया जेडथ्री र एक्सपेरिया जेडथ्री कम्प्याक्ट मोबाइल वाटर प्रुफ र डस्ट प्रुफ प्रविधि जडान गरिएको छ । सोनीको साइबर सट नामक डिजिटल क्यामेरा र सोनी ह्यान्डि क्यामको टेक्नोलोजि जडान गरि निर्माण गरिएको २०.७ मेगापिक्सेलको यसको क्यामेराले पानी मुनि वा निकै अध्याँरो ठाउँमा पनि तस्बिर लिन सक्छ । विश्वमै पहिलो पटक आईएसओ १२८०० सेन्सिटिभिटि जडित यी मोबाइलका क्यामेराहरुमा २५ मिलीमिटरको 'जि लेन्स' समेत जडान गरिएको छ ।
 
अतुलनीय ब्याट्रि क्षमता भएको यी सेटहरुमा जडित पावर सेभिङ्ग प्रविधिले दुईदिनसम्म ब्याट्रि ब्याकअप दिन सक्नेछ । सात दशमलब तीन मिलीमिटरको अत्याधिक पातलो र घुमाउरो अल्मुनियम फ्रेममा यी मोबाइल उपलब्ध छन् ।

Tata
GBIME
Nepal Life

यी सेटमा सर्वाधिक चम्किलो ट्रिल्युमिनस डिस्प्ले रहेको छ । यो डिस्प्लेमा भएको लाईभ कलर एलइडी र एक्स रियालिटिले कन्ट्राष्ट बढाउने भएकाले कुनै पनि अवस्थामा स्क्रिन उज्यालो र प्रष्ट देखिन्छ ।

क्यामेरा र डिस्प्ले बाहेक सोनीले यसको साउन्ड सिस्टममा पनि नौलो सुरुवात गरेको छ । डिजिटल न्वाइज क्यान्सेलिङ्ग र डिएसइइ प्रविधिले वाह्य आवाजलाई काटी स्पष्ट र मधुर ध्वनी सुनाउँदछ ।
 
उपभोक्ताले यो सेट खरिद गर्दा आफ्नो पुरानो कुनै पनि एन्ड्रोइड, आइओएस वा विन्डोज फोनबाट सम्पूर्ण डाटा एकै साथ ट्रान्सफर गर्न सक्नेछन् । यसो गर्नाले उपभोक्ताले आफ्नो कन्ट्याक्टस, फोटो, अडियो वा भिडियो गुमाउनु पर्ने छैन । यो फोन अफिसियल काम काजको लागि पनि बहुउपयोगी कम्पनीले दाबी गरेको छ ।
 
क्वालिटिमा नम्बर एक मानिएको सोनीको एक्सपेरिया सिरिजका यि सेटहरुमा थप रोचक र अतुलनिय प्रविधिहरु जडान गरि बजारमा ल्याइएका हुन् । एक्सपेरिया जेडथ्री र एक्सपेरिया जेडथ्री कम्प्याक्ट नेपालको लागि आधिकारिक बिक्रेतालगायत सबै सोनीको शोरुममा उपलब्ध छन् ।