लगातार दोस्रो बर्ष पनि अल्पाइन डेभलपमेन्ट भयो मकवानपुर जिल्लाको सबैभन्दा ठुलो करदाता

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
काठमाडौं। अल्पाइन डेभलपमेन्ट बैंकले लगातार दोस्रो बर्ष मकवानपुर जिल्लाको सबैभन्दा ठुलो करदाता बैंकको रुपमा सम्मान पाएको छ। 

Tata
GBIME
Nepal Life
आइतवार बैंकलाई मकवारपुरका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र कर कार्यालय प्रमूख राधेश्याम दाहालले सयुक्तरुपमा सम्मान प्रदान गरेका हुन्। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुर्दशन प्रसाद अधिकारीले सम्मान ग्रहण गरे। 
 
जिल्लामा रहेका बैंक तथा वित्तिय संस्था मध्येबाट गत आर्थिक बर्षमा अल्पाईन डेभलपमेन्ट बैंक लिमीटेडले सबैभन्दा बढी कर तिरेको हो । विगत ७ वर्ष देखि मकवानपुर, चितवन र काभ्रे जिल्लामा १४ शाखा मार्फत बैंकले ग्रामिण क्षेत्रमा बैकिङ सेवा पुर्याउदै आएको छ।