कर्जाको नयाँ व्यवस्थाले पारेन बजारमा प्रभाव,नेप्से चार अंक मुनी,प्रभाव देखिन समय लाग्ने

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
कर्जाको नयाँ व्यवस्थाले पारेन बजारमा प्रभाव,नेप्से चार अंक मुनी,प्रभाव देखिन समय लाग्ने
काठमाडौं। डिम्याट (विद्युतीय रुपमा अभिलेख गरिएको/अभौतिक) सेयरको धितोमा कर्जा दिने व्यवस्थाले सोमवार बजारलाई प्रभाव पारेन। सेयर धितोमा कर्जा उपलब्ध हुन कम भएपछि बजार थप घटेको विश्लेषण गरिदै आइएको छ। तर राष्ट्र बैंकले आइतवारबाट गरेको यो नयाँ व्यवस्था कार्यान्वनमा केही समय लाग्ने भएकोले बजारमा तत्काल सुधार नदेखिएको विश्लेषकहरु बताउछन। 
 
अहिले सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार २७ लाख १९ हजार कित्ता सेयर मात्र डिम्याट भएको छ। नामसारीमा गएका सबै सेयरहरु डिम्याट भइसकेका देखिदैन। सेयर डिम्याट हुने क्रममा नै रहेकोले पनि बजारमा तत्काल अपेक्षित लगानी नथपिने भएकोले तत्काल प्रभाव नपरेको हो, एक विश्लेषकले भने।  
 
जब लगानीकर्ताहरुले हितग्राही खाता खोलेर सेयर राख्न थाल्छन वा नामसारीमा पठाएको सेयर डिम्याट हुन थाल्छ, त्यसपछि कर्जा लिन पनि सजिलो हुन्छ भने बजार पनि केही बढ्न सक्छ, उनको तर्क छ। 

Tata
GBIME
Nepal Life
गत कात्तिक २० गतेयता नामसारीमा पठाएका सेयर डिम्याट भएर मात्र पाइने व्यवस्था गरिएको छ। यसरी नामसारीमा गएका सेयर हाललाई भने १५ दिनमा डिम्याट हुने व्यवस्था छ। कात्तिक २० यता करिब २० भन्दा बढि कम्पनीले लाभांशको लागि बुक क्लोजको मिति घोषणा गरिसकेकाले सेयर नामसारीमा गइरहेको छ। 
 
त्यस्तै, लगानीकर्ताहरु राजनीतिलाई आधार मानेर पनि लगानी गरिरहेको देखिएका छन्। संवाद समितिमा राजनीतिक दलहरु बीच कुरा नमिलेको खबर सार्वजनिक भएसंगै आइतवार नेप्सेको वृद्धिदर सुस्तिएको थियो। सोमवार भने सबै समूहको परिसूचक घटेको छ। 

एक बराबर १.५ अनुपातमा हकप्रद प्रस्ताव गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य पुनः एक हजारको तह उक्लिएको छ। रकमको आधारमा पोखरा फाइनान्सको सेयर सबेभन्दा धेरै कारोबार भयो। एक सय ९५ रुपैयाँ रहेको कम्पनीको दुई करोड १२ लाख रुपैयाँको कारोबार भयो। कम्पनीको गत शुक्रवार नै बार्षिक साधारण सभा भएको छ। 

एक सय २६ कम्पनीको सेयर किनबेच भएर २२ करोड ५५ लाख रुपैयाँको कारोबार भयो। अधिकांश कम्पनीको सेयर मूल्यको रेञ्ज भने साधुरिएको छ। लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको यसले देखाउँछ। 
 

स्वावलम्बनको ७० प्रतिशत लाभांश
स्वावलम्बन बिकास बैंकले ४६.५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।