एचएण्डबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानुकृष्ण, राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
एचएण्डबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानुकृष्ण, राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव

काठमाडौं । एचएण्डबी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानुकृष्ण अधिकारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले उनलाई यो पदमा नियुक्त गरेको हो ।

Tata
GBIME
Nepal Life

पुर्वप्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुलाई अवकास दिएपछि बैंकमा यो पद रिक्त थियो । गतसाता मात्रै बैंकबाट नेपाल राष्ट्र बैंकको व्यवस्थापन टिम फिर्ता भएको हो । नयाँ सञ्चालक समिति चयन पछि अधिकारीलाई प्रमुख कार्यकारी नियुक्त गरिएको हो ।

अधिकारी राष्ट्र बैंकका पुर्वकर्मचारी हुन । उनले केन्द्रिय बैंकमा ३० वर्ष काम गरेका थिए । गुड फर पेमेन्ट काण्डमा यो बैंक फसेको छ । गुड फर पेमेन्टको समस्या समाधान गर्ने र बैंकलाई पहिलेकै अवस्थामा पुर्याउने चुनौति उनका सामु छ ।