प्रति ब्यारेल कच्चा तेलको मूल्य ६० डलरमा आउने विश्लेषण, उत्पादन कटौती गर्न रसियाले सुझाउने

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
प्रति ब्यारेल कच्चा तेलको मूल्य ६० डलरमा आउने विश्लेषण, उत्पादन कटौती गर्न रसियाले सुझाउने
लण्डन। अपेकका सदस्य राष्ट्रहरुले तेलको उत्पादन कटौती नगर्ने हो भने प्रति ब्यारेल कच्चा तेल (ब्रन्ट आयल) को मूल्य घटेर ६० डलरमा आउने बजारका खेलाडीहरुले बताएका छन। 
 
कच्चा तेलको मूल्य गत कात्तिक २८ गते चार बर्षकै न्युन (७६.७६ डलर) भएको थियो। यदी अपेकका सदस्य राष्ट्रले प्रति दिन १० लाख ब्यारलको दरमा तेलको उत्पादनमा कटौती नगर्ने हो भने मूल्य अझ घट्ने कमोडिटी फण्ड म्यानेजरहरु बताउँछन। 
 
अमेरिकाले सेल आयल उत्पादन गर्न थालेपछि पछिल्लो समय तेलको युद्ध नै शुरु भएको विश्लेषण गरिएको छ। अमेरिकाको सेल आयल उत्पादन बढेपछि बजारमा तेलको उत्पादनमा समेत होडबाजी चलेको छ। अर्काेतफ एसियन क्षेत्रबाट तेलको माग कम भइरहेको छ। 
यसैबीच रसियाले भने तेलको उत्पादन कटौती गर्न भेनेजुएला र साउदी अरेबियालाई सुझाउने विश्वास गरिएको छ। आगामी नोभेम्बर २५ मा हुने उर्जा बजार सम्मेलनमा रसियाले ओपेकलाई यस्तो सुझाव दिने खबर आएपनि रसियाका उर्जा मन्त्रीले भने यो खबरलाई अस्वीकार गरेका छन। 
 
ओपेक सदस्य बाहिरको राष्ट्र रसियाले समेत आगामी बर्षबाट दैनिक तीन लाख ५० हजार ब्यारेल उत्पादन कम गर्ने अनुमान गरिएको छ। तेलको मूल्य घटेपछि उत्पादन घटाउन पर्ने विश्लेषण गरिरहँदा तेल उत्पादकहरु बीचको प्रतिस्पर्धाले भने यसो हुन सकेको छैन।  
 
 
 
 
 

Tata
GBIME
Nepal Life