फोर्डको पोखरामा सेल्स र सर्भिस आउटलेट, स्याङ्जा, बाल्गुङ, म्याग्दी, तनहुँका उपभाेक्ता लक्षित

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014

काठमाडौं । गो फोर्डले पोखरामा सेल्स र सर्भिस आउटलेट स्थापना गरेको छ । पोखरा सभागृह अगाडी आउटलेट स्थापना गरिएको गोल्छा अर्गनाइजेसनले जनाएको छ ।

Tata
GBIME
Nepal Life

पोखरामा स्थापना गरिएको यो आउटलेटबाट स्याङ्जा, बाल्गुङ, म्याग्दी, तनहुँलगायतका स्थानका उपभोक्ताले फोर्डको सेवा पाउनेछन् । फोर्डका उत्पादनहरु सहजरुपमा मुलुकभरका उपभोक्ता सामु पुर्याउने र विक्री पछिको सेवा पनि सहजरुपमा दिने उद्देश्यले गोल्छा अर्जनाइजेसनले आउटलेट विस्तार गरेको हो ।

सोमबार पोखरामा आयोजित कार्यक्रममा फोर्ड इन्डियाका महाप्रबन्धक अनुज त्यागी र गो फोर्ड नेपालका डिलर प्रिन्सिपल आकाश गोल्छाले विस्तारित आउटलेटको उदघाटन गरे । यो आउटलेट फोर्डको अन्तराष्र्टि«य मापदण्ड अनुसार निर्माण भएको छ । आउटलेट आठ हजार बर्ग मिटरमा फैलिएको जानकारी पनि दिएको छ ।

यहाँबाट तालिम प्राप्त ११ जना कर्मचारीले सेवा दिने छन् । एक दिनमा १२ वटा कार सर्भिसिङ गर्न सकिने जानकारी पनि दिइएको छ ।