आठ दिनअघि नै घट्नु पर्ने पेट्रोलियम पदार्थको भाउ बल्ल घट्यो, अब निगमलाई १८ करोड फाइदा

बिजमाण्डू
२०७१ मंसिर ८ गते ००:०० | Nov 24, 2014
आठ दिनअघि नै घट्नु पर्ने पेट्रोलियम पदार्थको भाउ बल्ल घट्यो, अब निगमलाई १८ करोड फाइदा


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ आज मध्यरातदेखि लागू हुने गरी घटाएको छ।

निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा र मट्टितेल अनि डिजेलमा प्रति लिटर दुई रुपैयाँ भाउ घटेको छ। घटेको मूल्य अनुसार अब काठमाडौँमा पेट्रोल प्रति लिटर १२५ रुपैयाँ ५० पैसा र डिजेल प्रति लिटर ९९ रुपैयाँ ५० पैसामा पाइनेछ।

Tata
GBIME
Nepal Life

मूल्य समायोजनपछि पनि निगमलाई मासिक १८ करोड फाइदा हुने घिमिरेले बताए।   

स्वचालित मूल्य प्रणाली लागू भएपछि कात्तिक ३० गते नै समायोजन हुनुपर्ने भाउ आयल निगमले आठ दिनपछि बल्ल घटाएको हो। 

स्वचालित भने पनि आयल निगमको बोर्ड बैठकबाट परिचालित हुनुपर्ने भएकोले भाउ समयमै नघटेको हो।अघिल्लो हप्ता नै निगम सञ्चालक समितिको बैठक बस्ने भनेपनि पदाधिकारीहरु काठमाडौं बाहिरभएको बहानामा भाउ घटाइएको थिएन।