सिभिक डेभलपमेन्टले फेरी हकप्रद जारी गर्ने,एक बराबर एक अनुपातमा दिने, चुक्तापूँजी १० करोड पुग्ने

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
काठमाडौं। सिभिक डेभलपमेन्ट बैंकले फेरी एक बराबर एक अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव गरेको छ। गत आइतवार बसेको बैंकको सञ्चालक समितिले यस्तो प्रस्ताव गरेको नेप्सेले मंगलवार उल्लेख गरेको छ। 
 
बैंकको प्रस्ताव साधारण सभाबाट पारित हुन बाँकी छ। बैंकले पुष १९ गते बार्षिक साधारण सभा हुने र सभा प्रयोजनको लागि पुष एक गतेदेखि बुक क्लोज हुने पनि उल्लेख गरेको छ। 

Tata
GBIME
Nepal Life

यो सेयर जारी पछि बैंकको चुक्तापूँजी करिब १० करोड रुपैयाँ पुग्ने छ। बैंकले यसअघि पनि चार बराबर एक अनुपातमा हकप्रद सेयर जारी गरेको थियो। चार बराबर एक अनुपातमा हकप्रद सेयर जारी पछि बैंकको चुक्तापूँजी करिब पाँच करोड रुपैयाँ पुगेको हो। 
 

बैंकले यसअघि दिएको हकप्रदमा पाँच हजार कित्ता सेयरको लागि आवेदन नपरेपछि बोलकबोल माध्यमबाट बिक्री गरेको थियो। बैंकले चालु आवको पहिलो त्रैमाशमा एक लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको सेयर अन्तिम पटक दुई सय ४७ रुपैयाँमा कारोबार भएको थियो।