मोदीलार्इ स्वागत गर्दा वामदेव दङ्ग

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
मोदीलार्इ स्वागत गर्दा वामदेव दङ्ग


काठमाडौँ : १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन राष्ट्राध्यक्ष तथा सरकार प्रमुख मंगलबार नेपाल आइपुगेका छन्। श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्ष सबैभन्दा पहिला काठमाडौं आइपुगे। 

Tata
GBIME
Nepal Life


श्रीलंकाली राष्ट्रपतिलाई विमानस्थलमा उपप्रधानमन्त्री वामदेव गौतमले स्वागत गरेका थिए।

अफगानिस्तान

अफगानिस्तानका राष्ट्रपति असरफ घानी अहमदजाइलाई विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गरे।

भुटान

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेलाई उपप्रधानमन्त्री वामदेव गौतमले स्वागत गरे।

माल्दिभ्स

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमलाई पनि उपप्रधानमन्त्री वामदेव गौतमले नै स्वागत गरे।

भारत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपप्रधानमन्त्री वामदेव गौतमले स्वागत गरे।




पाकिस्तान

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गरे।


बंगलादेश

सबैभन्दा पछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आइपुगिन्। उनलाई पनि उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गरे।