उद्योगमन्त्री बस्नेत र अष्ट्रेलियाका सिनेटरबीच भेटवार्ता, अष्ट्रेलियाली सहयोगका विषयमा छलफल

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
काठमाडौं। उद्योगमन्त्री महेश बस्नेत र अष्ट्रेलियाका सिनेटर ब्रेट म्यासनबीच भेटघाट भएको छ। अष्ट्रेलियाको तर्फबाट सार्ककको पर्यवेक्षणका लागि आएका म्यासन र मन्त्री बस्नेतबीच उद्योग मन्त्रालयमा भेटवार्ता भएको हो। 
 
भेटमा म्यासनले अष्ट्रेलियाको सहयोगमा सञ्चालित ग्रामीण लघु उद्यम कार्यक्रम (मेडेप)को प्रभावकारीताबारे चासो लिएका थिए। म्यासनले अहिलेको सन्दर्भमा प्राविधिक र व्यवसायिक शिक्षा आवश्यक भएको भन्दै व्यवसायमैत्री शिक्षामा जोड दिए। 
 
भेटमा उद्योगमन्त्री महेश बस्नेतले मेडेपबाट आधारभूत जनताको जीवनस्तर उकास्न सहयोग पुगेको भन्दै यस्ता क्षेत्रमा थप सहयोग गर्न जोड दिए। मन्त्री बस्नेतले अन्तर्राष्ट्रिय राजनितिको संक्रिर्णताबाट माथि उठेर फराकिलो दृष्टिकोणले हेर्नुपर्ने र यहि ढंगले सार्कलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। 
 
बस्नेतले आफूहरु सामूहिक उत्तरदायित्वसहितको निजीकरणको पक्षमा रहेको बताएका थिए । भेटमा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटलगायतको उपस्थिति थियो । 

Tata
GBIME
Nepal Life