समितीभेज अस्पतालले नेपालका लागि स्पीडवेलाई प्रतिनिधि तोक्यो, डाक्टरको सयम लिने काम नेपालबाटै

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014

काठमाडौं । थाइल्याण्डको समितीभेज हस्पिटलले नेपालका लागि स्पीडवे फ्रेट सर्भिस प्रालिलाई प्रतिनिधि नियुक्त गरेको छ । यो हस्पिटलको सेवाका लागि अधिकांस काम नेपालबाटै गर्न सकिने गरि दुई पक्षबीच संझौता छ ।

Tata
GBIME
Nepal Life

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अस्पतालका इन्टरनेशनल प्रोजेक्ट डिपार्टमेन्टका म्यानेजर लीनिन फिमसेनी र स्पीडवे फ्रेट सर्भिसका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर  गरेका हुन् । उक्त कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत महामहिम कान्थोंग उनाकूल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत उपस्थित थिए ।

स्थानीय प्रतिनिधिको रुपमा स्पीडवेले सेवा लिन चाहने व्यक्तिहरुलाई आवश्यक सहयोग गर्नुका साथै समितीभेज अस्पतालको बारेमा विस्तृत जानकारी दिनेछ । त्यसैगरी आवश्यकता अनुसार समितीभेजमा विशेषज्ञ डाक्टरहरुको अप्वाइन्टमेन्ट लिने, थाइल्याण्डको भिसा प्रकृया मिलाउने, ट्र«ान्सफर सेवालगायत काम गर्नेछ ।

स्पीडवेका प्रबन्ध निर्देशक राजु श्रेष्ठले समितीभेज अस्पतालको लागि नेपालमा स्थानिय प्रतिनिधिकोरुपमा काम गर्न पाउँदा खुसी लागेको बताए । ‘अब नेपाली विरामीहरुले पनि ख्यातिप्राप्त समितीभेज अस्पतालको सेवा सहजरुपमा लिन सक्नेछन्, उनले भने, नेपाली बिरामीहरुले स्थानियस्तरमा नै आवश्यक सेवा र सल्लाह प्राप्त गर्नेहुँदा समय र पैसाको बचत हुने हाम्रो विश्वास छ ।’

समितीभेज अस्पतालको सेवा र जानकारी लिन चाहने नेपालीहरुको लागि ठमेलमा नेपाल प्रतिनिधि कार्यालय खोलिएको छ । उक्त कार्यालयबाट यस अस्पतालको सेवा र सुविधाको बारेमा सम्पूर्ण जानकारी लिन सकिने व्यवस्था मिलाईएको छ ।