भारतमा फेरि पेट्रोलियमको भाउ घट्दै, प्रतिलिटर दुई भारु घटाउने तयारी, आपेकले उत्पादन कटौति गर्ने

बिजमाण्डू
२०७१ मंसिर ११ गते ००:०० | Nov 27, 2014
भारतमा फेरि पेट्रोलियमको भाउ घट्दै, प्रतिलिटर दुई भारु घटाउने तयारी, आपेकले उत्पादन कटौति गर्ने

काठमाडौं। भारतमा फेरि पेट्रोलिय पदार्थको मुल्य घट्ने भएको छ। आगामी आइतबार पेट्रोल र डिजेलको मुल्य घट्ने समाचार भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

Tata
GBIME
Nepal Life

अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मुल्यमा लगातार गिरावट आएपछि भारतमा पनि घटाउन लागिएको हो। भारतमा विगत तीन महिनामा पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ घटिसकको छ। त्यस्तै डिजेलमा पनि पाँच भारुका दरले भाउ घटेको छ।

कच्चा तलेको मुल्य घटेपछि भारतीय आयल निगमले स्थानीय बजारमा तेलको भाउ घटाउन लागेको हो। अहिले दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर भारु ६४  र डिजेल प्रतिलिटर ५३ भारुको हाराहारीमा कारोबार भइरहेको छ।

कच्चा तेलको मुल्य प्रति व्यारेल ७७ अमेरिकी डलरको हाराहारीमा झरेपछि स्थानीय बजारमा मुल्य घटाउन सहज भएको हो। पेट्रोलियम उत्पादक मुलुकहरुको संगठन ओपेकले बजारमा भाउ निकै तल झरेपछि उत्पादन कटौति गर्ने संभावना बढेको छ। यही वर्षमात्रै कच्चा तेलको भाउ २५ प्रतिसतले घटिसकेको छ। अपेकका सदस्य राष्ट्रहरुले तेलको उत्पादन कटौती नगर्ने हो भने प्रति ब्यारेल कच्चा तेलको मूल्य घटेर ६० डलरमा आउने बजारका खेलाडीहरुले बताएका छन।  

नेपालमा आयल निगमले सोमबार राती मात्रै पेट्रोलियमको भाउ घटाएको थियो। निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा र मट्टितेल अनि डिजेलमा प्रति लिटर दुई रुपैयाँ भाउ घटाएको हो । भारतीय बजारमा पेट्रोलको भाउ घटेपछि नेपालमा पनि त्यसको असर पर्छ ।