नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सले तीनवटा शाखा बन्द गर्ने, कैलालीस्थित शाखा भने बेच्ने तयारी

बिजमाण्डू
२०७१ मंसिर ११ गते ००:०० | Nov 27, 2014
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सले तीनवटा शाखा बन्द गर्ने,  कैलालीस्थित शाखा भने बेच्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स (एनएसएम)ले तीन वटा शाखा बन्द गर्ने भएको छ। कम्पनीले काठमाडौंको न्यूरोड, काभ्रेको पनौती र म्याग्दीको बेनीमा रहेका शाखा कार्यालय बन्द गर्ने भएको हो ।

एनएसएमले आगामी पुष १५ गतेदेखि शाखा बन्द गर्ने जनाएको छ। कम्पनीले यी शाखामा भएका निक्षेप पुतलीसडक काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमार्फत लिन सकिने र तिर्नु पर्ने ऋण पनि केन्द्रीय कार्यालयमा नै गएर तिर्न सकिने पनि जनाएको छ।
 
यस अघि पनि यो फाइनान्सले केही शाखा बन्द गरिसकेको छ । तालिका बनाएर फाइनान्समा रहेको सर्वसाधारणको निक्षेप फिर्ता गरिरहेको छ । सस्थागत निक्षेप भने फिर्ता भएको छैन ।

Tata
GBIME
Nepal Life

यस्तै कम्पनीले कैलालीको अत्तरियामा रहेको शाखा कार्यालय बेच्ने निर्णय पनि गरेको छ। कम्पनीले उक्त शाखामा रहेका सम्पूर्ण सम्पत्ति बेच्न लागेको हो।

समस्याग्रस्त गोर्खा डेभपलपेन्ट बैंकको भने चुक्ता पूँजी समायोजन गरेर अर्को सस्थामा गाभ्ने बाटो खोजिँदै छ ।