एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड –१ को प्रमाणपत्र बाँडफाँट शुरु, आइतवारबाट सुचीकरण प्रक्रियामा

बिजमाण्डू
२०७१ मंसिर १२ गते ००:०० | Nov 28, 2014
काठमाडौं। गत असोजमा इकाइ जारी गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड –१ को शुक्रवारबाट प्रमाणपत्र बाँडफाँट शुरु भएको छ। 
 
प्रमाणपत्र छपाईमा केही समय लागेकोले बाँडफाँट ढिला भएको योजनाको व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडले बताएको छ। आइतवारबाट नेप्सेमा योजनाका इकाइ सुचीकरणको प्रक्रिया अगाडी बढ्ने जानकारी पनि क्यापिटलले जानकारी दिएको छ। 
 
क्यापिटलले व्यवस्थापन गरिरहेको यो योजना पहिलो हो। यो योजनाको कात्तिकमा प्रतिइकाइ खुद सम्पत्ती मूल्य ९.८० पैसा भएको छ। फण्डले कुल पूँजी ७५ करोड मध्ये कात्तिकमा सुचीकृत कम्पनीको सेयरमा १२ करोड ६७ लाख रुपैयाँ लगानी गर्न सकेको छ। ४० कम्पनीका एक लाख ४९ हजार कित्ता सेयर खरिद भएका हुन्। 
 
योजनाले दुई लाख ७० हजार रुपैयाँ सेयर बिक्रीबाट कमाएको छ भने लगानी भएको मध्ये १६ लाख ७० हजार कागजी नाफा रहेको छ। योजनाको रकम मध्ये सात करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा, २२ लाख रुपैयाँ प्राथमिक निष्कासनमा, हकप्रदमा लगानी वा बोनस सेयरको रुपमा रहेको छ। 
 
योजनाको खुद सम्पत्ती मूल्य ७३ करोड रहेको छ। एक महिनाबाट लगानी शुरु भएकोले योजनाको वास्तविक कार्यसम्पादनको तत्काल मुल्यांकन गर्नु चाँडो हुन्छ। ५४ करोड ३९ लाख रुपैयाँ बैंक मौज्दातको रुपमा रहेको छ। योजनाको जम्मा खर्च ७८ लाख ७४ हजार रुपैयाँ छ। 
 

Tata
GBIME
Nepal Life