काठमाडौं। गत असोजमा प्रतिइकाइ खुद सम्पत्तीको मूल्य ९.६८ रहेको सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीमको कात्तिकमा भने यो मूल्य घटेर ९.३७ रुपैयाँ भएको छ। योजनाको खुद सम्पत्ती ९६ करोड ८० लाखबाट घटेर ९३ करोड ७२ लाख रुपैयाँमा सिमित भएको छ। योजनाको व्यवस्थापन सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ।
योजनाको कागजी नोक्सान बढेर पाँच करोड ६८ लाख रुपैयाँ पुगेको छ। यसअघि यस्तो नोक्सान दुई करोड रुपैयाँ थियो। योजनाले यसपटक प्राप्त गरिसकेको आम्दानी ८३ लाख ७९ हजार रुपैयाँ रहेको छ। असोजमा यस्तो आम्दनी छ लाख रहेको थियो। एक अर्ब रुपैयाँ बराबरको इकाइ जारी गरेको योजनाले हाल सुचीकृत ४४ कम्पनीको सेयरमा लगानी गरेको छ। लगानी भएका कम्पनीको कात्तिक अन्त्यको मूल्य अनुसार कुल रकम ४५ करोड २३ लाख रुपैयाँ पुगेको छ।
सार्वजनिक निस्कासन, हकप्रद सेयरमा लगानी र बोनस वापत पाएका सेयरको मूल्यको आधारमा योजनले एक करोड ५४ लाख रुपैयाँ लगानी छ। योजनाको ४१ करोड रुपैयाँ बैंकमा मौज्द्दातको रुपमा रहेको छ।
योजनाको खर्च एक करोड २५ लाख रुपैयाँबाट बढेर एक करोड ४२ लाख भएको छ। आम्दानी नकारात्मक रहेपछि र खर्च बढेपछि छ करोड २७ लाख रुपैयाँ नोक्सान देखिएको छ।











